‘ए मेरो हजुर-२’ को ट्रेलर रिलिज



साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक भएको छ ।नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेना लेखेका हुन्। फिल्मलाई सन्जय लामाले खिचिरहेका छन् र बसन्त सापकोटाको संगीत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्