फिल्म क्षेत्रबाट कमाएको नाम बचाइराख्न ‘रङ बैजनी’ : शम्भु प्रधान



अनिल यादव, काठमाण्डौँ, मंसिर १४– आगामी मंसिर १९ गतेदेखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘रङ बैजनी’ का निर्देशक शम्भू प्रधानले फिल्म क्षेत्रबाट कमाएको नामलाई बचाइराख्न आफु १२ वर्षपछि निर्देशनमा फर्किएको बताएका छन् ।

20141130_Rang Baigina0071_0071

आइतवार राजधानीमा आयोजित एक पत्रकार भेटघाटमा उनले फिल्म क्षेत्रले नै आफुलाई स्थापित गराएकाले यसबाट टाढा रहन नसक्ने सुनाए । ‘पुरानो मान्छेले बनाएको फिल्म पुरानै शैलीको होला भन्ने अनुमान पनि धेरैको होला’, निर्देशक प्रधान भन्दै थिए– ‘स्वभाविक रुपमा पुरानो स्वाद त भइहाल्छ नि, तर मलाई लाग्छ आमाको मुस्कान र संवेदना कहिल्यै पनि पुरानो हुन सक्दैन् ।’ ‘फिल्म ‘रङ बैजनी’ पनि त्यही संवेदनाले भरिपुर्ण फिल्म हो’, उनको भनाई थियो ।

यसैगरी कथाकार नुतन प्रधानले ‘रङ बैजनी’ मा आफुले नारी नै नारीको शत्रु हुन्छ भन्ने ‘कन्सेप्ट’ लाई भिन्न शैलीमा देखाउन खोजेको बताइन् । ‘यो पुर्ण पारिवारिक प्रेम कथा भएकाले सबैले मनपराउनु हुन्छ भन्ने आशा छ’, उनले विश्वस्त हुँदै भनिन् । केही समयपछि आफु पुनः यस्तै पारिवारीक कथा बोकेको फिल्मको कथा लिएर आउने योजना समेत उनले खुलाइन् ।

त्यसैगरी नायिका गरिमा पन्तले सफल र अनुभवी निर्देशकसंग काम गर्न पाउँदा खुशी लागेको बताइन् । ‘झोला’ अभिनेत्री गरिमाले भनिन्– ‘रङ बैजनी हाम्रो आफ्नै समाजको कथा हो र मलाई लाग्छ आफ्नो लाग्ने कुरा सधै प्यारो लाग्छ । ’

20141130_Rang Baigina0118_0118

यस्तै नवनायक दिक्पाल कार्कीले आफुलाई शम्भु प्रधान जस्तो सफल निर्देशकको फिल्मबाट डेब्यु गर्न पाउनु भाग्यको कुरा रहेको सुनाए । यहि फिल्मले नै आफ्नो फिल्मी करिअरलाई निर्धारण गर्ने समेत उनको धारणा थियो । कार्यक्रममा अर्की नायिका सुमिना घिमिरे भने उपस्थित थिइनन् । यसै फिल्मबाट सिनेमाटोग्राफरका रुपमा डेब्यु भएका शम्भुका छोरा शंशाक प्रधानले आफ्नै बाबुको फिल्ममा काम गर्दा धेरै सहज भएको बताएका थिए ।

20141130_Rang Baigina0042_0042

‘फिल्म ६९ हलमा लाग्ने निश्चित’

यसैगरी निर्देशक प्रधानले आफ्नो फिल्म ‘रङ बैजनी’ देशभरका ६९ हलमा लाग्ने निश्चित भइसकेको बताएका छन् । उनले राजधानी बाहिरका डिसिएन सर्भर जडित ५५ हलबाट आफ्नो फिल्म लाग्ने पक्का भएको बताए । ‘अहिलेसम्म राजधानीका १४ हलमा लाग्ने खबर प्राप्त भएको छ ’, उनले सुनाए ।

‘रङ बैजनी’ का कतिपय दृश्यहरु निर्देशक शम्भुको आफ्नै ‘नुतन स्टुडियो’ समेत गरिएको थियो । ‘स्टुडियो, मेरो र श्रीमती नुतनको पारिश्रामिक बाहेक यो फिल्मको जम्मा लागत ३७ लाख हो’, निर्देशक प्रधानले भने ।

प्रतिक्रिया दिनुहोस्