‘मेरो मान्छे’ निर्माता होटलमा निवस्त्र अवस्थामा मृत् फेला



रंग खबर, काठमाण्डौं । अहिले सम्पादनको क्रममा रहेको फिल्म ‘मेरो मान्छे’ का निर्माता नारायण खतिवडा आज दिउँसो मृत अवस्थामा फेला परेका छन् । राजधानीको बागबजारस्थित होटल हार्दिकको कोठा नं. १०३ मा उनी निवस्त्र अवस्थामा मृत भेटिएका हुन् ।

Narayan Khatiwada

चितवन स्थायी घर भएका निर्माता खतिवडा मंगलबारदेखि उक्त होटलमा बसिरहेका थिए । होटल पक्षले दिएको जानकारी अनुसार निर्माता खतिवडा सुतिरहेको १०३ नम्बर कोठामा उनी मृत अवस्थामा भेटिएका हुन् । होटलका सुशिल पोखरेलका अनुसार बिहानैबाट उनी बसेको कोठाको ढोका नखुलेपछि शंका लागेर हेर्दा उनी मृत भेटिएकोहुन् । उनले भने- ‘फोन लगाउँदा र ढोका ढक्ढक्याउँदा पनि नबोलेपछि मास्टर साँचोले ढोका खोल्दा त्यस्तो अवस्थामा पाइयो । पछि प्रहरीलाई खबर गर्यौं ।’

होटल हार्दिकबाट प्रहरीले मुचुल्का उठाएपछि निर्माता खतिवडाको शवलाई बुधबार राती नै पोस्टमार्टमको लागि महाराजञ्जस्थित टिचिङ अस्पताल लगिएको छ । प्रहरीका अनुसार भोली बिहान खतिवडाको पोस्टमार्टम हुनेछ । निर्माता खतिवडाको मृत्युको खास कारण खुल्न नसकेपनि हृदयघात हुन सक्ने आशंका गरिएको छ । केही वर्ष पहिले पनि निर्माता खतिवडा हृदयघातकै कारण मृत्यूको जोखिमबाट उम्केका थिए । ‘भेटी’ र ‘लफडा’ फिल्महरु निर्माण गरेका स्व.नारायण खतिवडाको पछिल्लो फिल्म ‘मेरो मान्छे’ छायाँकन सकेर पोष्ट प्रोडक्सको चरणमा छ ।

स्व.निर्माता खतिवडाको आत्माले शान्ति पाओस् । शोक शन्तप्त परिवारप्रति धैर्य धारणको कामना ।

प्रतिक्रिया दिनुहोस्