मैले आर्यनसंग फिल्म खेल्ने चाहना देखाएको छैन् : रेखा थापा



रंग खबर, काठमाण्डौ ।  विगत १३ वर्षदेखि लगातार नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गर्न सफल नायिका रेखा थापाले आफुले नायक आर्यन सिग्देलसंग फिल्म खेल्ने चाहना नदेखाएको स्पष्ट पारेकी छिन् ।

Rekha Thapa

केही दिनअघि संचारमाध्यमहरुमा रेखाले आर्यनसंग फिल्म खेल्ने चाहना देखाएको भन्ने समाचार आएपछि रंग खबरले सो विषयमा जानकारी लिन खोज्दा उनले उक्त समाचारको खण्डन गरेकी हुन् । ‘मैले आर्यनसंग फिल्म खेल्ने मन छ भनेर भनेको छैन्’, रेखाले भनिन्– ‘यसरी नभनेको कुरा मिडियामा आउँदा मन दुख्दो रहेछ । ’

रेखा फिल्म्सको ब्यानरबाट बनेको फिल्म ‘किस्मत’ मा रेखाले नै आर्यनलाई डेब्यु गराएकी हुन् । तर अहिले रेखा र आर्यनको बोलचाल छैन् । अब रेखा फिल्म्सले आर्यनलाई स्थान दिन्छ कि दिँदैन् भन्ने प्रश्नमा रेखाले नदिने बताइन् । ‘हामी जहिले नव–प्रवेशीहरु लाई स्थान दिन्छौ र अहिलेसम्म मैले गर्दै आइरहेको पनि त्यही नै हो ’, उनले भनिन् । आर्यन पनि रेखा फिल्म्सबाट नवप्रवेशी बनेर आएका थिए ।

नेपाली फिल्म नगरीमा लगातार हिट फिल्म दिन सफल ‘हिम्मतवाली’ रेखाले आफुलाई फिल्ममा ‘हिरो’ नचाहिने बताइन् । ‘म आफै फिल्ममा हिरो हो, मलाई हिरो चाँहिदैन, हिरोइन चाहिन्छ ’, उनले भनिन् ।

हुन पनि हो, नेपाली फिल्म नगरीमा रेखाले अभिनय गरेका फिल्महरुमा ‘हिरो’ को भन्दा पनि उनकै चर्चा बढी हुने गरेको पाइन्छ । जसको पछिल्ला उदाहरणहरु फिल्म ‘काली’ र ‘हिम्मतवाली’ हुन् जुन व्यवसायिक रुपमा सफल बने । रेखा अभिनित चलचित्र ‘तथास्तु’ यही पौष २५ गतेदेखि देशभर प्रदशर्नमा आउँदैछ ।

यता आर्यनद्वारा अभिनित चलचित्र ‘नाइके’ गत साताबाट प्रदशर्नरत छ । ‘नाइके’ ले हलसम्म दर्शक तान्न नसकेपछि राजधानीका विभिन्न मल्टिप्लेक्स हलहरुबाट पहिलो दिन नै फिल्म उतारिएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्