यस्तो छ महिलाले हलो जोतेको ‘जन्मभुमी’ को फष्टलुक



रंग खबर, काठमाण्डौँ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी बनेको फिल्म ‘जन्मभुमी’ को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।

janma bhumi

वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको यस फिल्मको सार्वजनिक पोष्टरमा निस्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, बाल कलाकार सौगात बिस्ट नव कलाकार अग्रीम गिरि तथा निर्देशक निरौला देख्न सकिन्छ । साथै एस पोस्टर मा प्रशस्तै आन्दोलित भीड का साथै महिलाले हलो जोतेको दृश्य पनि देखाइएको छ ।

यो फिल्म मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको निर्देशक मोहन निरौलाले वताए । फिल्म् जन्मभुमीमा ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाजको पनि अभिनय रहेको छ । फिल्ममा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । फिल्मका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।

अम्बिका गिरीको प्रस्तुति रहेको यस फिल्ममा सुरज गिरीको लगानी रहेको छ । आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर यो फिल्म रिलिज गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्