सुवेदीको ‘लालजोडी’ मा राजेशपायल र मनिषाको ‘क्या ब्युटी’



रंग खबर, काठमाण्डौं । एउटा साथीपछि निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको दोस्रो फिल्म लालजोडीको गीत रेकर्डिङ सुरु भएको छ ।

Lal jodi song recording

दिलासा क्रिएसनको ब्यानरमा निर्देशक सुवेदी स्वयं निर्माता रहेको फिल्मको ‘आज त क्या ब्युटी भा की छौ’ बोलको गीत शनिबार काठमाडौं प्लाजास्थित ड्रिम्स स्टुडियोमा रेकर्ड गरियो । राजेशपायल राई र मनीषा पोखरेलले गाएको सो गीत दिनेश सुवेदीले लेखेका हुन् भने संगीत टंक बुढाथोकीले दिएका छन् ।

lal jodi song

१९ माघबाट सुटिङ सुरु हुने फिल्मका कलाकार र प्राविधिकको चयन कार्य भइरहेको निर्देशक सुवेदीले बताए । कमेडी लभस्टोरी लालजोडीको स्क्रिप्ट निर्देशक स्वयंले लेखेका छन् । फिल्म बबाल बनाउने योजनामा लागेका सुवेदी कुशल संचारकर्मी मात्र नभइ एउटा साथीबाट अब्बल निर्देशकका रुपमा पनि साबित भइसकेका छन् ।

Watch Video Here :-

[its_video]http://youtu.be/eszwFVkhqnE[/its_video]

 

प्रतिक्रिया दिनुहोस्