सामाजिक जनचेतनाको आवाज बोकेको ‘इस्केप’ माघ २३ मा आउने



रंग खबर, काठमाण्डौं, पौष ०३– युवा अभिनेता प्रदिप खड्काको आफ्नै लगानीमा बनेको फिल्म ‘इस्केप’ आगामी माघ २३ गतेदेखि सार्वजनिक प्रदशर्नमा आउने भएको छ । विहिवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर देखाउँदै रिलिजको फाईनल मिति सार्वजनिक गरिएको हो ।

escape

कार्यक्रममा फिल्मको निर्माण युनिट तथा कलाकारहरुको उपस्थिती थियो । सामाजिक जनचेतनाको आवाज बोकेको यस फिल्ममा निर्माता प्रदिपकै मुख्य अभिनय रहेको छ । । ‘ईस्केप’ लामो समयदेखी सिनेमा सम्पादनमा सक्रिय अनन्त घिमिरेको एक्शन कटमा तयार भएको हो । सम्पादनको लामो जीवन यात्राबाट सँगालेको अनुभवलाई भरपुर रुपमा यो फिल्ममा उपयोग गरेको भन्दै फिल्म जतिसक्दो राम्रो बनाउने प्रयास गरेको बताए ।

escape 2

कार्यक्रममा सुभकामना दिन पुगेका निर्देशक दिनेश डिसीले आफ्नो काममा जहिले पनि लगाव र मेहनतका साथ लाग्ने प्रदिप तथा सम्पादनको लामो अनुभवपछी निर्देशनमा आएका अनन्तको यो सिनेमाको सफलताको कामना गरे । त्यस्तै अभिनेत्री रिमा विश्वकर्माले पनि ‘ईस्केप’ एक सन्देशमुलक फिल्म बनेको र ड्रग्स तथा दुर्व्यसनको शिकार बनेको एक युवालाई त्यसबाट बाहिर निकाल्न प्रयास गर्ने एक युवतीको भुमिका आफुले खेलेको भन्दै युवा पुस्ताले हेर्नैपर्ने दाबी गरिन् ।

escape-3

प्रतिक्रिया दिनुहोस्