भद्रगोलकी रक्षा भन्छिन्– ‘सबैले जिग्रीको गलफ्रेण्ड भनेर जिस्क्याउँछन्’



रंग खबर, काठमाण्डौं । पछिल्लो समय चर्चामा रहेको हास्य टेलिश्रृंखला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ हिजोआज दंग छिन् । एक दर्जन बढी विज्ञापन र म्युजिक भिडियोमा काम गरिसक्दा पनि उनलाई कसैले चिनेको थिएन् । ‘तर भद्रगोलले मलाई चिनायो’, काठमाण्डौंको गोलढुङ्गा ९ स्थित शुटिङ स्थलमा भेटिएकी रक्षा आफै भन्छिन् । ‘अहिले धेरैले चिन्न थालेका छन्, अटोग्राफ समेत लिन आउँछन्’, उनले थपिन् ।

दुई वर्ष अघि निर्माता सुवास कार्कीले उनलाई भद्रगोल खेल्न प्रस्ताव लिएर आएका थिए । ‘त्यतीबेला म एउटा फेशन शोको तयारीमा थिए’, उनले स्मरण गरिन् । ‘शुरुशुरुमा कमेडी सिरियल भएकाले काम गर्न गाह्रो होला भन्ने लाग्थ्यो’, उनले भनिन्– ‘गाह्रो भएपनि अहिले चाँही बानी परिसकेको छ । ’

rakshya shrestha 3

फिल्ममा प्रस्ताव आइरहेको छ
भद्रगोलमा तोरपेनी भनेर पनि बोलाइने रक्षालाई फिल्ममा पनि प्रस्ताव आइरहेको छ । ‘केही फिल्महरुबाट पनि प्रस्ताव आइरहेको छ, तर निर्णय लिइसकेको छैन्’, रक्षाले भनिन् । भद्रगोल युनिटसंग सल्लाह गरेर मात्र फिल्म खेल्ने उनले बताइन् । कुन फिल्मका लागी कसले प्रस्ताव राखेको हो भन्ने विषयमा चाँही उनले अहिले मुख खोल्न चाहिनन् । ‘पछि नै भनौंला’, हास्दै जवाफ दिइन् ।

फिल्मका लागी भद्रगोल नै छोड्दिन
भद्रगोल नै छोडेर फिल्ममा जाने त होइन् भन्ने एक प्रश्नमा रक्षाले त्यसो नगर्ने बताइन् । “मलाई ‘भद्रगोल’ ले चिनाएको हो, त्यसैले ‘भद्रगोल’ लाई माया मारेर नै फिल्म खेल्दिन् “, उनले भनिन् । सानोपर्दाकी रक्षालाई फिल्म खेल्ने चाहना भने रहेको बताइन् । ‘मलाई फिल्म खेल्ने इच्छा छ तर भद्रगोल छोड्ने मन पनि छैन्’, उनको भनाई थियो । रक्षाले सानोपर्दा र ठुलोपर्दालाई संगसंगै अघि बढाउने सोच रहेको बताइन् ।

rakshya

सबैले जिग्रीको गलफ्रेण्ड भनेर जिस्क्याउँछन्
‘भद्रगोल’ भित्र जिग्री एउटा चर्चित पात्र हो । सिरियल भित्र जिग्रीले रक्षालाई आफ्नो गलफ्रेण्ड ठान्छ । तर रक्षा भने जिग्रीलाई प्रेम भन्दा पनि ‘ककरोच’ र ‘बले’ को संगतबाट हटाउन खोजिरहेकी छिन्, तर सकिरहेकी छैनन् । यिनै रक्षाले बाहिर भने सबैले जिग्रीको गलफ्रेण्डको रुपमा चिन्दा रहेछ । ‘मलाई बाटोमा हिड्दा सबैले जिग्रीको गलफ्रेण्ड भनेर जिस्काउछन्’, उनी भन्छिन्– ‘यसरी जिस्क्याउँदा भद्रगोलबाट आफु चिनिएको महसुस हुन्छ ।’

rakshya shrestha

प्रतिक्रिया दिनुहोस्