हाउ फन्नी : प्रियंका र केकी जासुस, एसपी दयाहाङ केश सुम्पिदै ! (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । गत शनिवार थापाथलीस्थित एक अफिसमा रमाइलो दृश्य देखियो । जँहा नायिका प्रियंका कार्की र केकी अधिकारीलाई सिबिआई बनेका दयाहाङ राईले एउटा केश सुम्पिरहेका थिए । प्रियंका र केकी दुवै जासुस रहेछन् जसलाई सिबिआईले केश सुम्पिदै थिए ।

how funny 4

प्रसंग हो माल्भिका सुब्बाको कार्यकारी निर्माण र निलु डोमा शेर्पाको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘हाउ फन्नी’ को । फिल्ममा रमिता भनेर चिनिने प्रियंका र पुष्पा बनेकी केकीलाई एसपी तेजबहादुर (दयाहाङ) ले कुनै एउटा केश जिम्मा लगाइरहेका थिए । केश पाएकोमा उनीहरु विच खुसीको सिमा थिएन । आखिर के केश थियो त त्यो ? यो सबै जान्नलाई फिल्मको त्यो छोटो दृश्य नै काफी थिएन । त्यसका लागी त रिलिज मिती कुर्नै पर्ला  तर जे देखियो त्यो निकै रमाईलो दृश्य थियो ।

एक्सन कट गरिरहेकी निलुले छायांकनको रिपोटिङ गर्न गएका संचारकर्मीहरुलाई पचास प्रतिशत बढी शुटिङ भइसकेको जानकारी दिइन् । ‘मैले सोचेभन्दा राम्रो काम भइरहेको छ । छायांकनको क्रममा मैले आफूलाई महिला निर्देशक भएको महसुस नै गर्न पाएकी छैन’, उनले भनिन्– ‘महिला नभएर आफू चलचित्र निर्देशक भएको महसुस भइरहेको छ ।’ फिल्मको छायांकन अब ३० दिनमा सक्ने लक्ष्य रहेको समेत उनले जानकारी दिइन् ।

how funny 12

यसरी शुरु हुन्छ ‘हाउ फन्नी’ !

रमिता (प्रियंका) र पुष्पा (केकी) को सानै देखिको सम्पना पुरा हुन्छ , जासुस बन्ने । आफ्नो सपना पुरा भए पश्चात उनीहरु आफ्नो एसपी तेज बहादुर राई (दयाहाङ) लाई भेटन जान्छन । जागिर को पहिलो दिन केन्द्रीय अनुसन्धान ब्युरोमा पुग्दा उनीहरुको खुसीको सिमा नै हुदैन । रहर ले खाएको जागिर ले नै उनीहरुको जीवनमा परिवर्तन ल्याई दिन्छ । उनीहरुले एउटा केस पाउछन जसको अनुसन्धान गर्दा उनीहरुको जीवनमा उतार चढाव आउछ । यसलाई नै फिल्ममा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

how funny 11

फिल्ममा निशा अधिकारी , अनुप बिक्रम शाही र शिशिर राणाको पनि मुख्य अभिनय रहेको छ । शान बस्न्यातको पटकथा र संवाद रहेको यस फिल्मलाई हरि हुमागाँईले खिचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्