पाँच वर्षदेखि रोकिएको सुनिलको अभिनय ‘कोहि किन बर्बाद होस्’ बाट शुरु हुने !



प्रकाश दाहाल, काठमाण्डौं ।

रसोमन नाटकबाट निर्देशनमा कमब्याक गरेका सुनील पोख्ररेल लामो समयपछि बिजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट अभिनयमा कमब्याक गर्दैछन् । पाँच बर्ष पछि पुर्नआगमन गरेका सुनील आफ्नै बिध्यार्थी शंकर रिजालको निर्देशनबाट अभिनयमा फर्किएका हुन् । पौस ११ गते शुक्रबार देखि पुस ३० सम्म मण्डला नाटकघरमा मञ्चन हुने उक्त्त नाटक बाल मनोबिज्ञानमा आधारित छ ।

sunil pokhrel

आमाको माया नपाएको सात बर्षिय ध्रुव(उमेश पोख्ररेल) साथिहरुका आमा भेट्न आउँदा सधै आफ्नी आमालाई सोचिरहन्छ । को होलीन, कस्ती होलीन ,किन मलाइ माया नगरेकी होलीन जस्ता प्रश्नहरु उसको दिमागमा खेलिरहन्छ । कसैले भनेको नमान्ने ध्रुव एकदमै चकचके स्वभावको हुन्छ । कहिले पर्खाल नागेर भाग्छ ,कहिले साथीहरुलाई ढुङ्गाले हान्छ त कहिले पालेदाइ (कुशल पाण्डे ) को कुखुराको चल्ला मारिदिन्छ । जति कुटाई–गाली खाएपनि आफ्नो बानि परिवर्तन नगरे पछि स्कुलको कमला म्याट्रन (केनिपा सिंह) उसको आमा बनेर आँउछिन् । कमला म्याम आमा बनेर आएको केही समय बाट नै ध्रुवको स्वभावमा परिवर्तन देखिन थाल्छ । एकदमै बदमास बालकलाई “माया–स्नेह”ले उसको स्वभावमा ल्याएको परिवर्तनको सेरोफेरोमा कथा घुमेको छ ।

पछिल्लो नाटक अनुप बरालको निर्देशनमा “जात सोध्नु जोगीको”मा अभिनय गरेयता सुनिलले कुनै नाटकमा अभिनय गरेका छैनन् । गुरुकुल हुँदा मास्टर विल्डर, महान शिल्पी, खरीको घेरो लगायत नाटकमा अभिनय गरेका उनले कुनै पात्रको वैकल्पिकमा, उनकै भाषामा भन्दा बाह्रौ खेलाडीका रुपमा, आरुका फुलका सपना ,सपनाको साविती, डल्स हाउस लगायत ४० भन्दा बढी नाटकमा अभिनय गरेका छन् । त्यसतै ४० भन्दा बढी नाटकमा निर्देशन गरेका उनले गुरुकुलमा डोजर चलेयता दुइवटा नाटकको (रसोमन र जार भएकै एउटा कथा) सफल निर्देशन गरिसकेका छन् ।

अभिनयमा पुर्नरागमन गर्दा यही नाटक लाई किन रोज्नु भयो भन्ने प्रश्नमा उनी भन्छन् – “विजय मल्ल सरको यो नाटकसंग मेरा केही व्यक्तिगत सम्झना जोडिएका छन् । यही नाटकको एउटा पात्रको अभिनय गरेर म २०३६ सालमा तत्कालिन नेपाल राष्ट्र प्रज्ञान प्रतिष्ठानको एकवर्षे नाटक तालीमका निम्ति छानिएको थिए“ । दोस्रो कारण यो नाटक मेरो प्रिय भाइ शंकरले निर्देशन गर्दैछन् ।” लामो समय पछि अभिनयमा फर्किएकाले आफ्नो अभिनय चित्त नबुझे खप्की खान तयार भएर बसेको उनि बताउँछन । हाल नाटकको तीव्र रिर्हलसलमा ब्यस्त सुनील आदर्शवादी प्रिन्सिपलको भुमिकामा देखापर्दैछन् ।

poster final print

नाटकमा सुनील पोखरेल, उमेश पोखरेल, केनिपा सिंह , निशान देवकोटा ,अमिशा कुँवर, सजन खनाल, दीपेन्द्र बुढामगर , उपाशना कार्की, कविता लामा, कुशल पाण्डे, आशिष घिमिरे, अमृत ढुङ्गाना, सरिना प्रधान लगायतले अभिनय गरेका छन् भने प्रकाश परिकल्पना र उमेश तामाङ ,सेट डिजाइन बिमल सुवेदी लाइट परिचालन दिलजंग गुरुङ, रहेका छन् । त्यस्तै निर्देशन सहयोगीका रुपमा रुपक खरेलले सघाएका छन् ।

बाल बालिकामा प्रेम, मातृत्वले पार्ने प्रभाव र अभिभावकत्वलाई नाटकमा प्रस्त¬त गरिएको छ । अझ नाटकमा प्रयोग भएको मेटालीक सेटले नाटकलाई थप सौन्दर्य थपेको छ । नाटक अहिलेको परिवेशमा भएकाले स्कले केटाकेटी, युवा, शिक्षक र अभिभावक सबैले एकचोटी हेर्नै पर्ने नाटक बनेको छ ‘कोही किन बर्वाद होस्’ ।

प्रतिक्रिया दिनुहोस्