गरियो ‘आभाष’ को नँया प्रोमो सार्वजनिक (भिडियो र फोटोफिचर)



रंग खबर, काठमाण्डौं । लामो समयदेखि चलचित्र सम्पादन गर्दै आएको सम्पादक सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘आभाष’ को नयाँ प्रोमो सार्वजनिक भएको छ ।

नयाँ प्रोमो सार्वजनिक गर्न ‘आभाष’ युनिटले राजधानीमा आइतबार एक औपचारिक कार्यक्रमको आयोजना नै गरेको थियो । आयोजित कार्यक्रममा पर्दाको पुस्तान्तर जोडी निशा अधिकारी र संयम पुरी भने अनुपस्थित रहे ।

Ashma DC

कार्यक्रममा निर्माता गोविन्द शाहीले यो फिल्मबाट आफुले आशा राखेको बताए । ‘मैले अन्य फिल्महरुमा गरेको कमि कमजोरीलाई सुधारेर यो फिल्म बनाएको छु’, उनले बताए । निर्देशक पौडेलले भने धेरै मिहेनत र अध्ययन गरेर ‘आभाष’ बनाएको बताए ।

aavash team

यस्तै नायिका आश्मा डिसीले भने यो फिल्ममा काम गर्दा आफुलाई फरक अनुभुती भएको बताइन् । फिल्मको कथावस्तु उत्कृष्ट रहेकोले दर्शकले रुचाउने उनको भनाई थियो । अर्का कलाकार सलोन बस्नेतले पनि यो फिल्म आफ्नो लागी विशेष र अरु भन्दा फरक स्वादमा रहेको बताए ।

ashma and salon

पुस्तान्तर प्रेम र युवा कथा भन्ने फिल्म ‘‘आभाष’ मा निशा, संयम, सलोन र आश्मा बाहेक सुनिल रावल र प्रकृति श्रेष्ठ पनि अभिनय रहेको छ । यो फिल्मको कथा निर्देशक पौडेल र हेमराज विसीको हो । छेतेन गुरुङको संगीत रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । फिल्म ‘आभाष’ आउँदो पुष २५ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मलाई गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

नँया प्रोमो हेर्न यँहा क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/SKMlDc6Bf6Q[/its_video]

 

प्रतिक्रिया दिनुहोस्