‘चैत २७’ बाट वैशाख ११ मा सर्यो ‘रेशम फिलिली’ । अब निखिलको फिल्मसंग भिडन्त हुने



resham fililiरंग खबर, काठमाण्डौं । फिल्म रिलिज मितीको हिसाबले यो वर्षको चैत २७ लाई विशेष मानिएको छ । किनभने यो दिन नँया वर्षलाई टार्गेट गरेर ठुला ठुला ब्यानरका फिल्महरु बिच भिडन्त हुने देखिएको छ । तर चैत २७ लाई नै रिलिज मिती बनाएको नायक विनय श्रेष्ठले निर्माण गरेको फिल्म ‘‘रेशम फिलिलि’ नेपाली नयाँ वर्षको प्रदर्शन मितिबाट दुई साता पर सरेको  छ ।

विनयको ‘रेशम फिलिलि’ अब वैशाख ११ गते प्रदर्शन हुने भएको छ । सोही मितिमा निखिल उप्रेतको फिल्म ‘भैरव’ पनि प्रदर्शनमा आउँदैछ ।  निखिलको ‘भैरव’ पनि नेपाली नयाँ वर्ष ०७२ सालको आगमनमा प्रदर्शनमा आउने चर्चा थियो । यद्पी निखिलले वैशाख ११ फिल्म प्रदर्शनको लागि उचित भन्दै चैत २७ बाट   ‘भैरव’ लाई पर सारेका हुन् ।

अब प्रतिक्षित चैत २७ मा तीन वटा नेपाली फिल्म मात्रै प्रदर्शन हुनेछन् । विकास आचार्यको ‘नाईं नभन्नू ल ३’, छविराज ओझाको ‘हवल्दार सुन्तली’ र निर शाहको ‘सेता बाघ’ नयाँ नेपाली वर्ष ताकिएका फिल्महरु हुन् ।

विकास, छवि र निर मध्ये तीनैको फिल्म चैत २७ को मैदानमा उत्रिने सम्भावना बलियो छ । यी तिनै निर्माताले चैत २७ को अडानलाई छाडेका छैनन् । तीन मध्ये कसले सफलताको बाजी मार्ला रु प्रतिक्षा गर्रौं ।

प्रतिक्रिया दिनुहोस्