बन्ने भो ‘पशुपति प्रसाद’ । ‘झोले’ निर्देशक खनालले निर्देशन गर्ने



रंग खबर, काठमाण्डौं । सामाजिक यथार्थलाई चित्रण गर्ने फिल्म ‘पशुपति प्रसाद’ निर्माण हुने भएको छ । ‘चपली हाइट’ र ‘झोले’ जस्तो सफल फिल्म निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र के. खनालले यो फिल्म निर्देशन गर्नेछन् ।

pashupati prasad 2

फिल्म ‘टलकजंग भर्सेज टुल्के’ मा देखाएको शसक्त अभिनयका कारण चर्चामा रहेको कलाकार खगेन्द्र लामिछाने नै यस फिल्मका कलाकार हुनेछन् । खगेन्द्रले नै फिल्मको स्क्रिप्ट लेखेका हुन् । फिल्ममा कार्यकारी निर्माता रविन्द्रसिंह बानिया र विपिन कार्की पनि कलाकार रहनेछन् ।

नाम पशुपति प्रसाद भएपनि यो फिल्म कुनै बायोपिक नभएको निर्देशन खनालले स्पष्ट पारेका छन् । ‘यसले समाजमा रहने व्यक्तिको संघर्षलाई चित्रण गर्नेछ’, उनले भने । यस फिल्मलाई रोजिना सिटौला, सिता श्रेष्ठ र रजना नापितले सामुहिक रुपमा निर्माण गर्दैछन् । फिल्मको छायांकन फागुनदेखि शुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्