निर्माता रिजाल अब गीत लेखनमा सक्रिय बन्दै । नयाँ वर्षमा ‘प्रेम पत्र’ आउँदै



रंग खबर, काठमाण्डौं । फिल्म ‘बितेका पल’ मा लगानी गरेपछि चर्चामा रहेका निर्माता क्रिश रिजाल हिजोआज गीत लेख्न सक्रिय हुन थालेका छन् । अमेरिकामा बसेर नेपाली गीत लेखनमा उनले सक्रियता देखाइरहेका हुन् ।

krish rijal

‘सोमबारे हाटैमा’ बोलको गीत लेखेपछि चर्चामा आएका उनले फेरी ‘प्रेम पत्र’ बोलको गीत लेखेका छन् । ‘अस्वीकार प्रेम पत्र’ एल्बममा समावेश उक्त गीतको म्युजिक भिडियो नँया वर्ष २०१५ को अवसर पारेर जनवरी १ तारिखका दिन सार्वजनिक गर्ने गीतकार रिजालले जानकारी दिए । सो गीतमा स्वर र संगीत युवा गायक प्रमोद निर्वानको रहेको छ । संजय बरालले निर्देशन गरेको सो भिडियोमा वर्षा राउत र सुदिप रेग्मीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्