यस्तो छ राजेशपायलको व्यस्तता, २५ दिनमा ३५ गीत रेकर्डिङ गर्न भ्याए !



रंग खबर, काठमाण्डौं । कलाकार भएपछि व्यस्तता त सबैको हुन्छ । तर चर्चित गायक राजेश पायल राईको जस्तो कमैको होला । अमेरीकाबाट ७३ दिनको साङ्गीतिक कन्सर्ट सकेर नेपाल आएको राजेशपायलले २५ दिनमा ३५ भन्दा बढि गीतहरु रेकर्डिङ गर्न भ्याएका छन् ।

Rajesh Payal rai

अमेरिकाको साङ्गीतिक टुरमा रहँदा राई इज किङ’ को उपमा पाएका उनलाई दर्जनौ फिल्महरुले दुई महिनाअघिदेखि पर्खेर बसेका थिए । त्यसैले उनी नेपाल फर्के लगत्तै दुईदिनको विश्राम पछि कलेक्सन एल्बम र फिल्मका गीतहरुको रकेर्डिङमा व्यस्त भएका थिए । ‘दिनमा ४–५ वटा गीत रेकर्डिङ गर्न समेत भ्याए’, उनले सुनाए । ‘२–२ महिना देखि कुरेर गीत रेकर्डिङ गराउनहुने सबै चलचित्रकर्मीदेखी कलेक्सन एल्बमहरुप्रति म आभारी छु’, उनले थपे ।

गायक राई अमेरीका बाट आएदेखी गीत रेकर्डिङमा हिडिरहेकाले करिव ४ दिन सम्म चिसोका कारण विरामी समेत परेको बताइएको छ । ४ दिनको रेस्टपछी शुक्रबारबाट पुन : उनी गीत रेकर्डिङमा फर्किएका छन् ।

rajesh payal

पाश्र्व गायनमा चर्चित राजेश पायलले हाल राई भाषामा समावेश १७ भन्दा बढी गीतको एल्बम ल्याउने तयारी समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्