वाने वे गीत : कसरी भनु म



[its_video]http://youtu.be/8LRUjbBK3kA[/its_video]

रंग खबर, काठमाण्डौं । आगामी फागुन १ गतेबाट सार्वजनिक प्रदशर्नमा आउन लागेको फिल्म ‘वान वे’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको गीतमा नव कलाकारद्धय सिद्दार्थ गुरुङ र माला लिम्बु फिचरिङ छन् । भिडियोमा अभिनेत्री करिश्मा मानन्धरलाई छोटो दृश्यमा देखाइएको छ ।

‘कसरी भनु म’ बोलको गीतमा सविन राईको स्वर र डम्वर नेपालीको संगीत छ । भिडियोको नृत्य निर्देशन संगीता श्रेष्ठले गरेकी छन् । आरसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म ‘वान वे’ लाई सुरज सुब्बा ‘नाल्बो’ ले निर्देशन गरेका हुन् । कथा लेखन सुब्बाकै हो ।

युवा पुस्ता लक्षित फिल्ममा करिश्मा, माला र सिद्धार्थसँगै रविन तामाङको मुख्य अभिनय छ । दीपक गुरुङको निर्माणमा तयार भएको फिल्ममा हरी लामाको छायांकन, विपिन मल्लको सम्पादन, डम्बर नेपालीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्