ऋतिक रोशनको ‘क्रिश’ बाट प्रभावित भएर बन्यो ‘रथ’, यस्तो छ फस्टलुक ट्रेलर



रंग खबर, काठमाण्डौं । ऋतिक रोशनको चर्चित बलिउड फिल्म ‘क्रिश’ बाट प्रभावित भएर निर्देशक कैलाश अधिकारीले फिल्म ‘रथ’ बनाएका छन् । जसमा अभिनेता विशाल पोखरेललाई क्रिशको जस्तो मास्क र पहिरन लगाएर उनले रितिक रोशनको झल्को दिलाउन खोजेका छन् ।

krish bata pravawit

हालै एक प्रेसमिटको आयोजना गरि सार्वजनिक गरिएको फस्टलुक ट्रेलर हेरेपछि यो रहस्य खुलेको हो । त्यसपछि निर्देशक अधिकारीलाई किन क्रिशको स्टायल चोरिएको भन्न प्रश्नमा उनले यस्तो जवाफ दिए– ‘दर्शकलाई मनोरञ्जन दिलाउनका लागि राम्रो कुरा कपि गर्न गलत होइन् र म यसलाई चोरेको भन्दा पनि प्रभावित भन्न रुचाउँछु ।’

उनले ‘रथ’ का निर्माता श्याम लावोतीका छोराकोे ६ वटा औंला देखाउँदै भने यसकारण क्रिशबाट प्रभावित भएका हौं । स्मरणरहोस, ऋतिक रोशनको हातमा पनि ६ वटा औंला रहेका छन् ।

व्यानर फिल्म इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बनेको यो फिल्म आगामी माघ २३ देखि प्रदशर्नमा आउने समेत जानकारी दिइएको थियो । नारायण चौधरीको छायांकन, सानु सुब्बाको नृत्य निर्देशन, यादव योगीको संगीत रहेको यस फिल्ममा विशालसंगै विनय भट्ट, शर्मिला राई, आरजु अधिकारी लगायतका कलाकारहरुको अभिनय छ ।

Rath poster

म्युजिकल लभ स्टोरी भनिएको यस फिल्मलाई निर्देशक अधिकारीले विगत १२ वर्षदेखिको मुख्य सहायक निर्देशन भएर सम्हालेको अनुभवको प्रतिफल भनेका छन् । तर उनको ‘रथ’ कस्तो बनेको छ र कसरी गुड्ने हो, त्यो त समयले बताउने नै छ ।

Watch Trailer Here :-

[its_video]http://youtu.be/kTW_oVg0-cQ[/its_video]

 

प्रतिक्रिया दिनुहोस्