चैत २७ मै किन आउने भयो दिनेश डिसीको ‘फूलै फूलको मौसम तिमीलाई’ ?



रंग खबर, काठमाण्डौं । दिनेश डिसीको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ आगामी चैत २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । यो संगै चार ठुला ब्यानरका फिल्महरुविच महाभिडन्त हुने निश्चित भएको छ ।

Fulai FUlko mausam

चैत २७ गते लाई प्रदर्शनको लक्ष्य राखेर एफडि कम्पनीले वितरण गर्ने ‘नाईं नभन्नू ल ३’ र ‘हवल्दार सुन्तली’ तथा गोपिकृष्ण मुभिजले वितरण गर्ने निर शाहको ‘सेता बाघ’ यतिबेला प्रचार प्रसारको प्रारम्भिक चरणमा छन् । तीन नेपाली फिल्महरु मैदानमा हुँदा हँदै चैत २७ मा किन गरे त निर्देशक तथा निर्माता दीनेश डिसीले आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा ?

उल्लेखित प्रश्नमा डिसीको तर्क छ– ‘मैंले फिल्मको नाम अनुसारकै प्रदर्शन मिति घोषणा गरेको हुँ । चैत र बैशाख महिना बसन्त ऋतुको हो । यो मौसममा फूल फुल्छ । जतिबेला फूल फुल्छ त्यतिबेला नै फूलै फूलको मौसम हुन्छ ।’ अप्रिलमा नेपालमा प्रदर्शन गरेर मेको आगमनमा आफु फिल्म लिएर अमेरिका उड्नु पर्ने बाध्यताले पनि ‘फूलै फूलको मौसम तिमीलाई’ को प्रदर्शन मिति चैत २७ मै पर्न गएको डिसीले सुनाए । उनले भने, ‘जुन फिल्म राम्रो छ त्यस्लाई दर्शकको साथ रहन्छ । मैंले फिल्म राम्रो बनाउने प्रयास गरेको छु फिल्म तयार भएको छ अब बाँकी समय प्रचार प्रसारमा खर्चिन्छु ।’

fulai fulko mausam timlai

निता ढुङ्गाना र आमेश भण्डरीको मुख्य भूमिका रहेको यो फिल्ममा पूर्ण प्रेम कथामा आधारित छ । निर्माता एवं निर्देशक डिसीले ‘फूलै फूलको मौसम तिमीलाई’ को प्रचार प्रसारलाई व्यापक गर्ने तयारी गरिरहेको बुझिएको छ ।

चलचित्र निर्देशक समाजको अध्यक्ष समेत रहेका दीनेश डिसीले नेपाली नयाँ वर्षमा आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गरेसँगै चैत २७ को भिडन्त अझै ठुलो बनेको हो । अब के हुन्छ त ?

प्रतिक्रिया दिनुहोस्