नीताले कसलाई भनिन्– ‘माया गर्छौ थाहा छ मलाई’ (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी चैत्र १३ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘भूलभुलैया’ को त्रिकोणात्मक प्रेम देखाइएको सांगीतिक प्रोमो सार्वजनिक गरिएको छ । ‘माया गर्छौ थाहा छ मलाई’ बोलको गीतको सो प्रोमोमा फिल्मका मुख्य कलाकारहरु नीता ढुङ्गाना, जीवन लुईटेल र सोहित मानन्धर विचको त्रिकोणात्मक प्रेम देखाईएको छ ।

neeta final

गीतमा तीनै जना कलाकारहरुलाई निराश अवस्थामा देखाइएको छ । प्रोमो हेर्दा लाग्छ उनीहरुलाई प्रेमले पिडा दिएको छ । बसन्त सापकोटाको संगीत तथा स्वप्निल बरालको शब्द रहेको यस गीतमा रजिना रिमालको स्वर रहेको छ । सेन्टिमेन्टल रहेको यो गीतले दर्शकको मन छुने विश्वास लिइएको छ । यो फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

Watch Song Promo Here :-

[its_video]http://youtu.be/6otHGCxurow[/its_video]

 

प्रतिक्रिया दिनुहोस्