रेखा थापा अभिनित ‘तथास्तु’ यसकारण चल्न सक्छ : पाँच कारण



rekha and shabirअनिल यादव, काठमाण्डौं–

एउटा स्टारको फिल्मप्रति दर्शकको प्रतिक्षा र अपेक्षा अरु भन्दा बढी नै हुन्छ । जसरी बलिउडमा तीन खानको हुन्छ, त्यस्तै क्रेज नेपालमा नायिका रेखा थापाको छ । रेखाका फिल्महरु हेर्न दर्शक उर्लिएको उदाहरणहरु हामीले नपाएका होइनौँ । तर प्रसंग हो, सविर श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’ को जुन यही पौष २५ अर्थात शुक्रवारदेखि देशव्यापी प्रदशर्नमा आउँदैछ । फिल्ममा रेखा मुख्य कलाकार रहेकी छिन् । उनीसंगै किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशी पनि मुख्य भुमिकामा छन् । गएको असोजमा रिलिज भएको फिल्म ‘हिम्मतवाली’ सम्म आइपुग्दा देखिएको रेखाको त्यो क्रेज ‘तथास्तु’ ले निरन्तरता देला कि नदेला भन्ने चर्चा पनि यहाँ भइरहेको छ । ‘तथास्तु’ संगै अन्य दुई फिल्म पनि प्रतिष्पर्धामा आएको अवस्था छ ।

यो अवस्थामा ‘तथास्तु’ लाई कसैले चल्छ भन्लान्, कसैले चल्दैन् भन्लान्, कसैले चल्नुपर्छ भन्लान् तर हामीले चल्न सक्ने पाँच कारणहरु खोतल्ने प्रयास गरेका छौं :–

१) रेखा र सविरको ‘हिट कम्बिनेशन’

यो जोडी त्यो जोडी हो जसले ‘कसले चार्यो मेरो मन’ र ‘काली’ जस्ता हिट फिल्महरु नेपाली सिने नगरीमा दिएर आफुलाई स्थापित गराइसकेको छ । रेखाको अभिनय र सविरको निर्देशनमा बनेका ति फिल्महरुले दर्शकलाई मनोरञ्जन मात्र दिलाएनन्, त्यो संगसंगै समाजमा केही सन्देश पनि छोडेर गए । यि जोडीको ‘हिट कम्बिनेशन’ लाई आधार मान्ने हो भने ‘तथास्तु’ पनि राम्रै बनेको छ र चल्न सक्छ भन्ने आशा राख्न सकिन्छ ।

२) रेखाको आफ्नै स्टारडम
हो, अर्को फिल्म चल्न सक्ने मुख्य कारण नै रेखा थापाको ‘स्टारडम’ हो । भन्ने गरिन्छ– ‘रेखाको फिल्म राम्रो होस् या नहोस्, दर्शक एकपटक कस्तो छ भनेर पनि हेर्न जान्छन् । ’ लगातार पाँच वर्षदेखि रेखा नारी प्रधान फिल्महरुलाई मात्र प्राथमिकता दिँदैछिन् । उनको फिल्महरुमा नारी आवाज, नारी शसत्तिकरण र नारी सन्देश पाइने गरिन्छ । त्यसैले रेखाका फ्यान पुरुषमात्र नभएर महिलाहरु पनि धेरै छन् । प्रचार गरिए अनुसार ‘तथास्तु’ ले पनि महिला हिंसा र बलात्कारको विरुद्ध ठुलो सन्देश बोकेको छ । यस अर्थमा ‘तथास्तु’ हेर्न रेखाका धेरै जसो फ्यान हलसम्म जान्छन् भन्ने आशा राख्न सकिन्छ ।

tathastu final

३) ‘स्क्रिप्ट’ नै तथास्तुको हिरो !
चल्तीका ‘स्क्रिप्ट राइटर’ को नाम लिँदा नछुट्ने नाम हो ‘जगदिश्वर थापा’ । उनकै स्क्रिप्ट हो ‘तथास्तु’ पनि । महिला हिंसा र बलात्कारको मुद्धालाई यस फिल्मले उठाएको निर्देशकले बताउँदै आएका छन् । निर्देशक श्रेष्ठले ‘तथास्तु’ को हिरो ‘स्क्रिप्ट’ हो र स्क्रिप्टको हिरो रेखा हो भनेर दिएको वत्तव्य अहिले चर्चामा समेत छ । पछिल्लो समय ‘बलात्कार’ एउटा गम्भिर समस्या समेत बनेको अवस्था छ । यो अवस्थामा ‘तथास्तु’ ले बोकेको यो मुद्धालाई दर्शकले रुचाउने विश्वास समेत लिन सकिन्छ । सविरले रेखालाई नै हेरेर यो स्क्रिप्ट बनाएको समते बताएका छन् ।

४) होम प्रोडक्शन बाहिर पहिलोपटक रेखा यस्तो प्रमोशनमा !
होम प्रोडक्शन बाहेक अन्यको फिल्मको प्रमोशनमा त्यती नहिड्ने रेखाले यसपटक पुर्ण रुपमा साथ दिइरहेकी छिन् । रेखाले अहिले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन मिडियामा अन्तरवार्ता दिन र ‘तथास्तु’ को प्रमोशनमा हिड्न कुनै पनि कन्जुस्याई गरेकी छैनन् । रेखाले आफ्नै ब्यानरको फिल्म जस्तै गरेर ‘तथास्तु’ को प्रमोशनमा हिड्नुले पनि फिल्म चल्न सक्ने सम्भावनालाई प्रवल बनाईदिएको छ ।

rekha thapa 3
५) चर्चामा ‘तथास्तु’ का गीत र ट्रेलर
जुन फिल्मको संगीत पक्ष बलियो हुँदैन, त्यो फिल्म चल्दैन भन्नेहरुको भिडबाट ‘तथास्तु’ बचेको छ । ‘तथास्तु’ को सार्वजनिक दुई गीतहरु अहिले चर्चामा छन् । यस फिल्मको ‘कहिले माया स्याड फेश’ बोलको गीत अहिले सर्वाधिक रुचाइएको छ । युट्युबमा पनि यो गीतको दर्शक झण्डै दुई लाख पुगिसकेका छन् । ‘तथास्तु’ को ट्रेलरले फिल्मप्रति आशा जगाएको छ ।  अर्को भर्खरै सार्वजनिक ‘फुलको रंग झिके हुन्छ’ बोलको गीतले पनि छोटो समयमै दर्शकको मन जितेको छ । बलियो गीतसंगितका कारण पनि ‘तथास्तु’ चल्न सक्छ । कि कसो ?

                                                                                                                   ‘तथास्तु’ को ट्रेलर हेर्न यँहा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्