गायिका सिर्जना कार्कीे अब ‘सिर्जना’ ल्याउने तयारीमा



रंग खबर, काठमाण्डौं । एक दशक देखि नेपाली सांगीतिक क्षेत्रमा साधनारत गायिका सृजना कार्की अब आफ्नो पहिलो एल्बम लिएर दर्शक–श्रोतामाझ आउने भएकी छिन् । गत बर्ष मात्र सार्वजनिक भएको म्युजिक भिडियोबाट पाएको सफलतापछि एल्बमको तयारीमा जुटेकी उनले एल्बमको नाम पनि ‘सिर्जना’ नै राख्ने भएकी छिन् ।

srijana 2

गत बर्ष उनले २ वटा मात्रै गीत सार्बजनिक गरेकी थिइन् । सृजनाले ६ बर्ष सम्म संगीत गुरु चन्दन श्रेष्ठ संग शास्त्रीय संगीत र २ बर्ष प्रकाश गुरुङ संग आधुनिक संगीतको प्रशिक्षण लिएकी थिइन् । एल्बमका लागि उनले श्रीकृष्ण बमको शब्द र संगीतमा ‘माया लिनेको बद्नाम भो’ र तारा प्रकाश लिम्बुको संगीतमा ‘मैले त तिमीलाई दिलमा बसाए’ बोलको गीत फाइनल गरेकी छिन् ।

srijana

एल्बममा आधुनिक गीत समाबेश गर्ने उनी बताउछिन् । ‘मेरो पहिलो म्युजिक भिडियोलाई दर्शक, श्रोताले मन पराएर माया गरिदिनुभयों, अब एल्बमलाई नै माया गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु’, उनले भनिन् ।

गायिका सृजना  कार्कीको गीत हेर्नुहोस् :-

[its_video]http://youtu.be/D7T-vd-tY8k[/its_video]

 

प्रतिक्रिया दिनुहोस्