देशभक्तिले भरिएको गीतबाट एसएसपी रमेश खरेल पहिलोपटक म्युजिक भिडियोमा देखिँदै



यो देशको लागि म जन्म लिएको हुँ
मसँग कसैले युद्धको अब कुरै नगर्नु

रात दिन मलाई चिन्ता यही देशको लाग्छ
केही नगरि म मरे भने पिरले मन पाक्छ’

माथि उल्लेखित देशभक्तिपुर्ण शब्दहरुले भरिएको एक गीतमा नेपाल प्रहरीका एसएसपी रमेश खरेलले अभिनय गरेका छनु । नेपाली जनतामाझ लोकप्रिय प्रहरीको छवि बनाएका एसएसपी खरेलले अभिनय गरेको यस गीतको म्युजिक भिडियोको भर्खरै छायांकन गरिएको हो । पहिलोपटक एसएसपी खरेल यसरी भिडियोमा देखा पर्न लागेका हुन् ।

ramesh kharel

भिडियोको निर्देशन दीपक खाँडले गरेका हुन् । निर्देशक खाँडले खरेललाई गीतको बोल सुनाउने बित्तिकै उनी भिडियोमा अभिनय गर्न तयार भएको निर्देशकले बताएका छन् । अन्य व्यवसायिक कलाकारभन्दा रमेश खरेललाई अभिनय गराउँन निकै सजिलो भएको पनि निर्देशक खाँडको भनाई छ ।

ramesh kharel 2

चितवन जिल्लामा छायांकन गरीएको उक्त भिडियोमा अनु शाह र गायक भूवन प्यासीको पनि अभिनय छ । गीतमा स्वर पनि भुवनकै रहेको छ ।

ramesh kharel 3

प्रतिक्रिया दिनुहोस्