‘लिला’ बाट सन्नी लियोन पहिलो पटक ‘क्लासिकल डान्स’ मा देखिने



रंग खबर, भारत । आइटम गीतमा नाचेर चर्चा कमाएकी लिउड अभिनेत्री सन्नी लियोन अब ‘क्लासिकल डान्स’ मा पनि देखिने भएकी छिन् । आगामी १० अप्रिलमा सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘लिला एक पहेँली’ को ‘सैया सुपरस्टार’ बोलको गीतमा उनले क्लासिकल डान्स गरेको बलिउड संचारमाध्यमहरुले जनाएका छन् ।

sunny 2

चर्चित कोरियोग्राफर सरोज खानले क्लासिकल डान्स सिकाएको बताइएको छ। बबी खान निर्देशित सो फिल्ममा आफूले पहिलोपटक ‘क्लासिकल डान्स’ गरेको सन्नीले बताएकी छिन् । पहिलोपटक यस्तो नृत्यमा देखिएकी सन्नीलाई दर्शकले कत्तिको रुचाउलान् । त्यो त १० अप्रिलपछि थाहा हुने नै छ । कि कसो ?

sunny leone

प्रतिक्रिया दिनुहोस्