नेपाली संगीतमा टल्किदै टीका । ‘मेलोडी’ लिएर आउने



tika parsaiरंग खबर, काठमाण्डौं । व्यवसायीक रुपमा नेपाली संगीत क्षेत्रमा महिला संगीतकारहरु जम्न नसकिरहेको अवस्थामा झापाकी एक संगीतकर्मी गायन, संगीत तथा लेखन सहित नेपाली संगीतमा उदाई रहेकी छिन् ।

झापा तोपगाछी– ९ सरङ्पाडाकी टीका प्रसाई अहिले राजधानीमा रहेर संघर्षरत संगीतकर्मी हुन् । करिव डेढ दशक नेपाली संगीतमा बिताएकी उनी अहिले ‘मेलोडी’ नामको एकल एल्बम सहित संगीत बजारमा आउँदैछिन् । ‘तिमी भन्छौ ‘ भने बोलको गीत अहिले नै निक्कै लोकप्रिय पनि भईसकेको छ ।

२०५९ सालमा ‘झल्को’ नामक एल्बमका लागि ‘के गर्नु मेरो खसम’ बोलको गीत रेकर्ड गराएर औपचारीक रुपमा संगीतमा प्रवेश गरेकी टीकाले आगो–२, कन्यदान–२, पाँचपाण्डव, आँधीतुफान, छोरीको कर्म लगायत ४० भन्दा बढि चलचित्रमा पनि स्वर दिई सकेकी छिन् । नेपाली संगीतमा गायनसँगै संगीतकारको रुपमा पनि महिलाहरुको प्रवेश भई रहेको बताउने उनी ओझेलमा परेका कारण मात्र महिला संगीतकर्मीहरुको कमि देखिएको बताउँछिन् ।

एक दशक देखि काठमाण्डौमा रहेर नेपाली संगीतमा क्रियाशिल उनले नेपाली बाहेक भोजपुरी चलचित्रहरुका लागि पनि सरोवर आवाज दिई रहेकी छिन् । सवै संगीतलाई उस्तै भन्ने उनी भोजपुरी गीत गाउँदा पनि उच्चारण बाहेक अरु खासै फरक नभएको अनुभव सुनाउँछिन् । शम्भुजीत बाँस्कोटा, सुरेश अधिकारी, चेतन सापकोटा, महेश खड्का लगायत चलेका र व्यस्त संगीतकारसँग समेत कामको अनुभव बटुलेकी टीका अनुभवमा नेपाली संगीत क्रमिक व्यवसायीक पनि बनिरहेको छ । क्षमता भएका र मेहनत गर्न सक्नेहरुलाई संगीतले नै राम्ररी बचाउन पनि सक्ने उनको धारणा छ ।
Watch Her Song :-

[its_video]http://youtu.be/7kv2QewltoU[/its_video]

 

प्रतिक्रिया दिनुहोस्