शहिद दिवसमा हेमराजको ‘सम्बोधन’ संग ‘टाइगर द रियल हिरो’



रंग खबर, काठमाण्डौं । हेमराज विसी निर्देशित फिल्म ‘सम्बोधन’ शुक्रबार, माघ १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । शहिद दिवसको दिनमा ‘सम्बोधन’ सँगै अर्को नेपाली फिल्म ‘टाइगर द रियल हिरो’ पनि प्रदर्शनमा आउँदैछ । तर, यो फिल्मले ‘सम्बोधन’ लाई कुनै असर नगर्ने अड्कल छ ।

sambodhan

राजधानीका मल्टिप्लेक्स स्टेशनमा भने ‘सम्बोधन’ ले बलिउड फिल्म ‘खामोसिया’ र हलिउडको ‘सेभेन्थ सन्’ सँग पर्दा बाँडफाँड गर्नुपर्नेछ । राजधानीका मल्टिप्लेक्समा ‘सम्बोधन’ ले राम्रै शोज पाएको छ । नेपालको राजनीतिक अवस्था र यसले समाजमा पार्ने असरलाई देखाइएको फिल्म ‘सम्बोधन’ मा कलाकारहरु नम्रता श्रेष्ठ, दयाहाङ राई, प्रशान्त ताम्रकार, विनय भट्ट र शुलेमान शंकर ‘इकु’ को मुख्य भूमिका रहेको छ । फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

hemraj-bc

युवा निर्देशक हेमराज विसीले निर्देशन गरेका दुई ‘होस्टेल’ र ‘जेरी’ ले सफल व्यापार गरेका छन् । त्यसैले पनि हेमराजको ‘सम्बोधन’ ले गर्ने व्यापार र पाउने समिक्षात्मक टिप्पणीलाई महत्वका साथ हेरिएको छ । सोलो रिलिजको मौका पाएको हेमराजको ‘सम्बोधन’ ले हेमराजलाई सफल ह्याट्रिक गराउँला ? सम्बोधन सँगै फिल्म ‘द् टाइगर रियल हिरो’ पनि माघ १६ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्