‘लुटेरा’ मा निखिल, निशा, सविन र हर्षिका फाइनल



रंग खबर, काठमाण्डौं ।

फिल्म ‘लुटेरा’ का लागि निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ र हर्षिका श्रेष्ठ मुख्य कलाकारको रुपमा पक्का भएका हुन् । वितरक एवं निर्माता गोपाल कायस्थले कलाकार पक्का भएको जानकारी दिए ।

Nikhil-uprety
मुख्य भूमिकामा अभिनय गर्ने भनेर प्रचार गरेकी नायिका रेखा थापाको भने ‘लुटेरा’ मा अतिथि भूमिका रहने वितरक एवं निर्माता कायस्थले बताए । यद्पी ‘लुटेरा’ मा अतिथि भूमिका रहने या नरहने बारे केही पनि बताएकी छैनन् । निर्देशक सविर श्रेष्ठ भने रेखाकै ‘रामप्यारी’ मा व्यस्त हुने भएपछि सविरले ‘लुटेरा’ निर्देशन नगर्ने सहमती भएको गोपाल कायस्थ बताउँछन् ।

मौनता श्रेष्ठले लेखेको स्क्रिप्टमा एक्सन र इमोशन हुने उनले बताए । फागुनको पहिलो साताबाट छायाँकन सुरु हुने ‘लुटेरा’ को साउन १ गते रिलिजको लक्ष्य राखिएको छ । फिल्मको पुरै जसो छायाँकन काठमाण्डूमा हुनेछ ।

बसन्त सापकोटाको संगीत रहने फिल्म ‘लुटेरा’ मा हिमाल केसीको द्धन्द्ध निर्देशन रहनेछ । फिल्मलाई शिव ढकालले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्