सुष्मा र प्रमोदले प्रेमको बतास चलाउने



रंग खबर, काठमाण्डौं ।

स्क्रिप्ट राईटर प्रदीप भारद्वाजले निर्माण गर्ने फिल्म ‘चलेछ बतास सुस्तरी’ मा नायिका सुष्मा कार्की र नायक प्रमोद भारद्वाज मुख्य भूमिकामा प्रस्तुत हुने भएका छन् । प्रदीपका भाई प्रमोद फिल्म ‘शो सिम्पल’ पछि ‘चलेछ बतास सुस्तरी’ मा मुख्य नायक भएर प्रस्तुत हुन लागेका हुन् ।

Chalechha
अरुण फिल्मस्को ब्यानरमा निर्माण हुने तेस्रो फिल्म ‘चलेछ बतास सुस्तरी’ लाई सब्बु सुबेदी र अनिला खड्काले निर्देशन गर्नेछन् । यो फिल्मको शुक्रबार राजधानीमा शुभ मूहर्त गरियो । शुभ मूहर्तमा सुष्मा र प्रमोदसँगै कलाकार पुष्प लुईंटेलले मूहर्त सट दिएका थिए । फिल्ममा सुष्मा, प्रमोद र पुष्पसँगै नव नायक आकास पल, निशा नेपाल, डेबिट शंकर, हेमन्त बुढाथोकी ,बालदिप राई लगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्म प्रेम कथामा आधारित हुनेछ ।
फिल्म ‘चलेछ बतास सुस्तरी’ लाई पुरुषोत्तम प्रधानले खिच्नेछन भने द्धन्द्ध निर्देशन रोशन श्रेष्ठले गर्नेछन् । बिकास चौधरी र सन्तोष राजौरेको संगीत रहने फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् । फिल्म ‘चलेछ बतास सुस्तरी’ को यही महिनाको अन्त्यबाट छायाँकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्