‘रेशम फिलिली’ को शिर्ष अडियो गीत सार्वजनिक (अडियो गीतसहित)



रंग खबर, काठमाण्डौं । नायक विनय श्रेष्ठले निर्माण गरेको दोश्रो फिल्म ‘रेशम फिलिली’ को शिर्ष अडियो गीत सार्वजनिक गरिएको छ । नायक श्रेष्ठले आफ्नो जन्मदिन (माघ १९ गते) को अवसर पारेर ‘रेशम फिलिली’ को शिर्ष अडियो गीत सार्वजनिक गरेका हुन् ।

Resam Filili

जनावरी १५ तारिखमा सार्वजनिक गरिएको फिल्म ‘रेशम फिलिली’ को गीतलाई युट्युवमा भिजिट गर्नेको संख्या साढे तीन लाख नाघेको छ । सार्वजनिक शिर्ष अडियो गीतमा कालिप्रसाद बाँस्कोटाको स्वर तथा संगीत छ ।

Resam Filili 1

कमेडी फिल्म ‘रेशम फिलिली’ मा विनय श्रेष्ठ, मेनुका प्रधान, खामेश्वर चौरासियाको मुख्य भूमिका छ । ‘फस्ट लभ’ र ‘लुट’ जस्ता व्यावसायिक फिल्मको लगानीमा साझेदारी गरेका माधव वाग्ले ‘रेशम फिलिली’ का निर्माता हुन् ।

सार्वजनिक ‘रेशम फिलिली’ को पञ्चेबाजाको धुनयुक्त शिर्ष गीत सुन्न तलको लिङ्कमा क्लिक गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्