चर्चामा कन्काईष्टको ‘तिमीले माया लाउदा सरकार ढल्छ भने ढलोस्’ (भिडियो)



तिमीले माया लाउदा सरकार ढल्छ भने ढलोस्
प्रिति गास्दा मुटु पनि डढ्छ भने डढोस् ….
राजन राईले लेखेको शब्दमा गायक कन्काईष्ट राईले गाएको यो गीत अहिले चर्चामा छ । राईले पछिल्लो समय बजारमा ल्याएको आफ्नो तेस्रो एल्बममा ‘विरासत’ मा समावेश रहेको यो गीत अहिले विभिन्न टेलिभिजन तथा सामाजिक सञ्जालमा हिट भइरहेको हो ।

kankaist rai

राजनराज सिवाकोटीले यो गीतमा संगीत भरेका छन् । यसको म्युजिक भिडियोलाई सुरजसिंह ठकुरीले निर्देशन गरेका हुन् भने सिभराम श्रेष्ठले खिचेका हुन् । गीतको भिडियोमा गम्भिर बिष्ट, निश्मा घिमिरे र किशोर भण्डारी फिचरिङ भएका छन् । भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

jhjuy

यसअघि ‘काठमाण्डौंको माया महंगो’ र ‘जस’ एल्बम बजारमा ल्याएका गायक राईले अहिलेसम्म करिव ५०० वटा गीतमा स्वर दिइसकेका छन् । पछिल्लो समय पाश्र्व गायनमा समेत जमिरहेका राईले ३०० भन्दा बढी गीतमा संगीत पनि भरेका छन् ।

गायक राईको ‘तिमीले माया लाउदा सरकार ढल्छ भने ढलोस्’ बोलको गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-
[its_video]http://youtu.be/RufKDNTw6AA[/its_video]

 

प्रतिक्रिया दिनुहोस्