धुव्र डिवानको पहिलो रक–पप एल्बम ‘अब’ सार्वजनिक (भिडियो)



रंग खबर, काठमाण्डौं । उदयीमान गायक ध्रुब डिवानको पहिलो रक–पप एल्बम ‘अब’ को विमोचन गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पप–रक गायक तथा र्यापर रोबिन तामाङ, गायक सञ्जय श्रेष्ठ, पत्रकार ऋषी धमला लगायतले सँयुक्त रुपमा एल्बमको विमोचन गरेका हुन् ।

dhurba dai

यसअघी नै युटयुवमा सार्वजनिक पहिलो गीत ‘ससुरालीमा’ को सफलताले उत्साहित गायक डिवानको एकल एल्बम ‘अब’मा छ वटा गीत समावेश छन् । सोसाईटी मिडिया प्रालीको तर्फबाट बजारमा आएको ‘अब’ एल्बममा  ‘मरेकी छे’, ‘ससुराली घर’, ‘ओठको हाँसो’, ‘पुलुक्कै हेर्ने’ समावेश छन् । साथै ‘मरेकी छे’ र ‘ओठको हाँसो’ को दुई ईन्स्टुमेन्टल भर्सन समावेश गीतहरुमा स्वर गायक स्वयंमको छ भने संगीत र शब्दमा रमेश अधिकारी र बिनोद नकर्मीले साथ दिएका छन् ।

कार्यक्रममा बोल्दै गायक डिवानले बाल्यकालदेखीको गायक बन्ने सोख पुरा भएकोमा सपना साकार भएको उल्लेख गर्दै यसको श्रेय र प्रेरणाको श्रोतको रुपमा वरिष्ठ गायकहरु र आङ्खना नजिकका केहि साथी सहपाठीलाई दिए । साथै आङ्खनो पहिलो एल्बम आफुलाई जन्मदिने आमा र बुबाप्रति समपिर्त गरे ।

dhurba d1

माथी उल्लेखित एल्बममा समावेश गीतहरु मध्ये ‘ससुराली घर’ बोलको गीतको भिडियो तयार भईसकेको छ भने अन्य गीतको भिडियो तयारीको क्रममा छ ।

Watch Song Here :-

[its_video]http://youtu.be/ibxg4EwxiU8[/its_video]

 

प्रतिक्रिया दिनुहोस्