ऐश्वर्याको ‘ढोली तारो’ मा सन्नी लियोनले गरिन् बोल्ड डान्स



रंग खबर, काठमाण्डौं । पूराना गीतलाई नयाँ चलचित्रमा नयाँ तरिकाले प्रस्तुत गर्ने चलन आजभोलि निकै बढेको छ ।यो मामिलामा बलिउड निकै अगाडि छ । शायद अब संगीतकार यस्तो धुन नै बनाउन सकिरहेका छैनन् कि स्रोता र दर्शकले रुचाउन् । त्यसैले पूराना हिट गीतहरु नै दोहोराउने क्रम जारी छ।

sunny final

‘हम दिल दे चुके सनम’ मा ऐश्वर्या रायलाई ‘ढोली तारो’ गीतमा नचाइएको थियो । जुन गीत निकै हिट बनेको थियो । यो गीतलाई अब फिल्म ‘एक नई पहेली लीला’ मा नयाँ तरिकाले प्रस्तुत गरिदैछ जँहा सन्नी लियोन बोल्ड अवतारमा देखिदैछिन् । सन्नीले यस गीतमा बोल्ड डान्स गरेकी छिन् । भुषणकुमार जोसँग यो गीतको कपीराइट छ उनले यो चुनेका हुन् । जसलाई मीत ब्रदर्शले नयाँ तरिकाले बनाएका छन् ।

sunny leone

सनी लियोनमाथि यो गीत जैसलमेरमा फिल्माइएको हो । विशाल सेटमा ५ सय डान्सर्सका साथ सनी लियोनले यो गीतको सुटिङ गरेकी हुन् । सुटिङ करिब एक हप्ता चलेको थियो । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्