‘एक पहेली लीला’ ट्रेलर रिलिज : अहिलेसम्मकै फरक भुमिकामा सन्नी लियोन (भिडियो)



sunny finalरंग खबर, भारत । सन्नी लियोन अभिनित फिल्म ‘एक पहेली लीला’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्ममा सन्नी नयाँ शास्त्रिय अवतारमा अहिलेसम्मकै फरक भुमिकामा देखिदैछिन् ।

सार्वजनिक ट्रेलर हेर्दा यो फिल्ममा सन्नीलाई एउटा मात्र नभएर तीन भिन्न–भिन्न भुमिकामा पाउन सकिन्छ । उनलाई सञ्जय लिला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ को ऐश्वर्या राय अभिनित हिट गीत ‘ढोली तारो’ को ‘रिवक्र्ड भर्सन’ मा बोल्ड नृत्य गर्दै गरेको समेत देख्न सकिन्छ । ट्रेलर लन्च समारोहमा सन्नीले आफुलाई यो फिल्मका लागि केही राजस्थानी सिक्नका लागि निकै मिहनेत गर्नुपरेको समेत बताएकी छिन् । ऐश्वर्याको चर्चित गीतमा नाच्न पाउँदा कस्तो महसुस भइरहेको छ भन्ने विषयमा प्रश्न गर्दा उनको जवाफ यस्तो आएको थियो– ‘मलाई लाग्दैन कि यहाँ अरु कोही पनि ऐश्वर्या जस्तो छ ।’

sunny leone 1

बबी खानले निर्देशन गरेको यो फिल्ममा सन्नीसंगै ‘टिभी एक्टर’ जय भानुशाली, राजनिश दुग्गल र राहुल देवको मुख्य अभिनय रहेको छ । अप्रिल १० लाई रिलिज मिती तय गरेको यो फिल्म अहिले दर्शकमाझ प्रतिक्षित बनेको छ । (एजेन्सीको सहयोगमा)
Watch Trailer Here :-

[its_video]http://youtu.be/azRVCV2k3Uc[/its_video]

sunny leone 2

प्रतिक्रिया दिनुहोस्