कमलपोखरीमा शुरु भयो छैठो बाल नाटक महोत्सव । फागुन ३ सम्म चल्ने



रंग खबर, काठमाण्डौं । शैली थिएटर र रुसी विज्ञान तथा साँस्कृतिक केन्द्रको सहकार्यमा सोमबारदेखि छैठौं बाल नाटक महोत्सव रुसी विज्ञान तथा साँस्कृतिक केन्द्र, कमलपोखरीमा सुरु भएको छ ।उद्घाटनको पहिलो दिन नाटक ‘बाबायागा’ मञ्चन गरिएको थियो ।

BABA YAGA (1)

नेपाल संगिततथा नाट्य प्रतिष्ठानको कुलपती सरुभक्तले उक्त महोत्सको उद्घाटन गरे  । माघ २५ गते सोमबारदेखि फागुनको ३ गतेसम्म चल्ने बाल नाटक महोत्सवको उद्घाटन समारोहमा कुलपति सरुभक्तले आगामि वर्षमा यो महोत्सव संगित तथा  नाट्य प्रतिष्ठानको सहकार्यमा गराउन पहल गर्ने बचन दिए ।‘प्रतिष्ठान आफैं अनु्ुदानमा चलिरहेकाले आर्थिक सहयोग भन्दा राज्यबाट अन्य सहयोग गराउने पहल गर्छु’, उनले भने। साथै उनले नीजि क्षेत्रको पहलमा लामो समय देखि बालबालिकाको समस्या, मनोविज्ञान जस्ता विषयलाई समेटेर महोत्सव गराउनु ठूलो चुनौति रहेको र चुनौतिलाई समना गर्न सफल भएको भन्दै आयोजकलाई बधाई तथा शुभकामना दिए ।

पन्ध्रवटा नाटकले भाग लिएको महोत्सवमा पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । उक्त पुरस्कारको मुल्यांकनका लागि कृष्ण शाहयात्री र रमेश बुढाथोकीलाई आयोजकले निर्णायक मण्डल तोकेको छ ।

BABA YAGA 2
महोत्सवको दोस्रो दिन क्यापिटल कलेजको ‘जुना’ र काठमाडौं इंग्लिस स्कुलको ‘बहुलाकाजीको सपना’मञ्चन हुनेछन् ।  तेस्रो दिन माघ २८ गते आकास गंगा इन्टरनेसनल एकेडेमीका ‘मधुमालतीको कथा, प्याराडाइज इन्टरनेसल स्कुलको ‘कोही किन बर्बाद होस्’, र विल्सन एकेडेमीको ‘चोइटिएका सपनाहरु’,ले महोत्सवको निरन्तरता दिनेछन् ।

महोत्सवको चौथो दिन माघ २९ गते छोक्नी गेचाक स्कुलको ‘द लाइफ स्टोरी अफजिलोङ्मापाल्मो’, विद्याविकास बोर्डिङको ‘आँखाको ज्योती’, र सहारा नेसनल स्कुलको ‘बल्ल चेत खुल्यो’ नाटक मञ्चन हुनेछन् । महोत्सवको पाँचौं दिनको प्रतिनिधित्व ओसिड नेपालको ‘माया’, सान्वत्वना मेमोरियल स्कुलको ‘अवस्था’, र शिवपुरी उच्चमावीको ‘लक्षको खोजिमा’, ले गर्नेछन् ।  चारुमतीइंग्लिस स्कुलको ‘बेइमानीकाल’, आरओडिसी स्कुलको ‘अधुरो सपना’, र ज्ञानु बाबा उच्च मावीको ‘हामी सँगै छौं’ नाटक मञ्चन हुनेछन् ।

BABA YAGA 3 (1)

विज्ञहरूको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी चेखव उत्कृष्ट निर्देशन पुरस्कार, शैलीउत्कृष्ट अभिनय पुरस्कार र बाल कोसेली उत्कृष्ट नाटक पुरस्कारका लागि नामको सिफारिस गर्ने र सिफारिसमा परेका नाटक, निर्देशक र कलाकारलाई महोत्सवको समापन समारोहमा पुरस्कृत गरिने आयोजक शैली थिएटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्