‘षडङ्ग’ ट्रेलर रिलिज: ‘हात हाली सकेछु त साला माथीसम्म पुगेर छोड्ने हो रे’ (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी चैत १३ देखि प्रदशर्नको तयारीमा रहेको फिल्म ‘षडङ्ग’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात मल्ललाई मधेशी मुलका डनका रुपमा देखाइएको छ ।
saugat final

ट्रेलरमा सौगातको फरक डायलग शैली पाइन्छ जसले गर्दा दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । यो फिल्ममा सौगातसंगै विजय लामा, अनुप बराल, प्रियंका कार्कीको लगायतका कलाकारहरुको पनि मुख्य अभिनय रहेको छ ।

नरेन्द्र मैनालीले खिचेको यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको संगीत , नृत्य निर्देशन गोविन्द राई र द्धन्द्ध अष्ट महर्जनको रहेको छ। समिर सुनुवारको लगानी र सुरज सुनुवारको डेब्यु निर्देशनमा बनेको यो फिल्ममा सांघातिक अपराध र त्यसमा संलग्न युवाहरुको समस्या र यसको असर देखाइएको छ । यो फिल्मको कथा भने निर्देशक सुरज आफैले लेखेका हुन।

Watch Trailer Here :-

[its_video]http://youtu.be/l4jMCsEFblM[/its_video]

प्रतिक्रिया दिनुहोस्