हिरोइन मल्लिकाले भनिन्– ‘म सन्नी लियोन भन्दा सेक्सी’



रंग खबर, काठमाण्डौं । बलिउडकी हट अभिनेत्री मल्लिका शेरावतीले सन्नी लियोन आफुभन्दा बढी सेक्सी र स्टार नभएको अभिव्यक्ति दिएकी छिन् । उनको यो अभिव्यक्तिसंगै बलिउडमा सन्नी र मल्लिकामध्ये को हट र सेक्सी भन्ने चर्चा शुरु भएको छ ।

sunny and mallika

मल्लिका शेरावतले एउटा इन्टरभ्युका क्रममा पोर्नस्टार सनी लियोन सबैभन्दा बोल्ड र स्टार हुन् भन्ने प्रश्नको उत्तरमा भनिन्– ‘मलाई लाग्दैन कि उनी मभन्दा ठुलो स्टार हुन् । अन्तरवार्ताका क्रममा शेरावतले भनिन्– ‘त्यसो त उद्योगमा सबैको आआफ्नो महत्व र हैसियत छ ।’

उनले बलिउडमा महिलालाई वस्तुका रुपमा पेस गरिन्छ नि ? भन्ने प्रश्नको उत्तर दिँदै मात्र यति मात्र भनिन्– ‘मात्र महिला होइन, चलचित्रमा पुरुषलाई पनि वस्तुकै रुपमा प्रस्तुत गरिन्छ आजभोलि सबै सिक्स प्याक एबको कुरा गर्छन् । यो पनि शरीरलाई वस्तुका रुपमा प्रयोग गर्ने श्रेणीमै पर्दछ ।’

ख्वाहिश, मर्डर, हिस्सजस्ता फिल्ममा अभिनय  गरिसकेकी मल्लिाका चाँडै नै केवी बोकाडिया निर्देशिक चलचित्र ‘डर्टी पोलिटिक्स’ मा देखा पर्दैछिन् । यो चलचित्रमा अभिनेता ओम पुरी, नसीरुद्दीन शाह र अनुपम खेरजस्ता अनुभवी अभिनेताहरु र अभिनेता राजपाल याद पनि काम गरेका छन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्