‘भूलभुलैया’ ट्रेलर रिलिज : पहिलो पटक स्पेश सिपको प्रयोग (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी चैत १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भूलभुलैया’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
bhulbulaiya

त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, बिछोड र सामाजिक कुराहरु देखाउन खोजिएको छ। सार्वजनिक प्रोमोमा स्पेश सिप समेत देख्न सकिन्छ । यसरी भि.एफ.एक्स प्रविधिबाट स्पेश सिपको प्रयोग नेपाली फिल्ममा पहिलोपटक भएको हो । डेढ मिनेट लामो प्रोमो एक्सन, मिलन, विछोड, संगीत र घतलाग्दा संवादले भरिपूर्ण छ । यो फिल्ममा जीवन लुइँटेल, नीता ढुंगाना र सोहित मानन्धरको अभिनय रहेको छ। फिल्ममा कलाकारद्धय मोहन निरौला र लक्ष्मी गिरीको पनि अभिनय छ ।

आरुस ईन्टटेनमेन्ट र वान टाईम सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । दिनेक कुमार पोखरेलको प्रस्तुती रहेको फिल्म ‘भूलभुलैया’ मा शिवम अधिकारीको लेखन, बसन्त सापकोटाको संगीत र बनिश शाहको सम्पादन रहेको छ । बाबु श्रेष्ठ फिल्मका छायाँकार हुन् ।

Watch Trailer Here :-

[its_video]http://youtu.be/EMPIoZov5bE[/its_video]

 

प्रतिक्रिया दिनुहोस्