नाई नभन्नु ल ३ गीत : मै प्यारी हुँ की रेशम, मेरो जवानी (भिडियो)



रंग खबर, काठमाण्डौं । प्रतिष्पर्धी फिल्म ‘हवल्दार सुन्तली’ को नयाँ गीत सार्वजनिक भएको तीन दिन नबित्दै ‘नाई नभन्नु ल ३’ को नयाँ गीत सार्वजनिक गरिएको छ । बसन्त सापकोटाको संगीतमा मेलिना राई र प्रल्हाद तिमिल्सनाले स्वर दिएको ‘कम्मर माथि पटुकी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
kamar mathi

गीतमा नायिका प्रियंका कार्की र आर्यन सिग्देल फिचरिङ भएका छन् । गीतको भिडियोमा प्रियंका र आर्यनको गजबको नृत्य देख्न सकिन्छ । उनीहरुलाई कोरसले समेत साथ दिएका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतलाई दर्शक र श्रोताले रुचाउने विश्वास राखिएको छ । गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

निर्देशक विकास आचार्यका मुख्य सहायक निर्देशक मुस्कान ढकालले निर्देशन गरेको फिल्म ‘नाईं नभन्नू ल ३’ नेपाली नयाँ वर्षको छेको पारेर चैत २७ गते प्रदर्शनमा आउँदैछ । पारिवारीक कथा बोकेको फिल्म ‘नाईं नभन्नू ल ३’ मा आर्यन र प्रियंका सँगै अनुभव रेग्मी, सुरज सिंह ठकुरी, संचिता लुईंटेल, संयम पुरी, आश्मा डिसी लगायत अन्य कलाकारको अभिनय रहेको छ । लेखक समेत रहेका विकास आचार्यले फिल्म ‘नाईं नभन्नू ल ३’ को निर्माण गरेका हुन् ।

सार्वजनिक गीतको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् :-

[its_video]http://youtu.be/NGF0hPkVzBM[/its_video]

 

प्रतिक्रिया दिनुहोस्