‘भूलभुलैया’ लाई २५ लाख एमजी । निर्माताको गोजीमा २५ लाख पक्का



रंग खबर, काठमाण्डौं । चलचित्र ‘वडा नम्बर ६’ र ‘नाई नभन्नु ल ३’ पछि यतिबेला ‘भूलभुलैया’ ले पनि एमजी पाएको छ । ‘भूलभूलैया’को काठमाण्डौं रिलिजको लागि वितरक गोपाल कायस्थले २५ लाखको मिनिमम ग्यारेन्टी दिएका छन् ।

अब चलचित्रको ब्यापार जस्तो सुकै भएपनि निर्माताको गोजीमा २५ लाख पक्का भएको छ । २५ लाखको ‘ब्रेक इभन पोइन्ट’ भन्दा माथीको ब्यापारको भने वितरक र निर्माताले आधा आधा सेयर गर्न पाउनेछन् ।

bhulbhulaiya

चैत्र १३ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘भूलभुलैया’ मा जिवन लुईटेल, नीता ढुंगाना, सोहित मानन्धरको मुख्य भूमिका रहेको छ । चलचित्रको अष्ट्रेलिया र अमेरिका शो पनि पक्का भैसकेको छ ।

यतिबेला चलचित्रको प्रिमियरका लागि नायक जिवन लुईटेल अमेरिकामा नै छन् । चलचित्रका निर्माता मध्येका एक शुशिल कार्कीले अमेरिकामा चलचित्रको प्रिमियरको वातावरण मिलाएका हुन् । अमेरिकाको टेक्सासमा मार्च ८ तारिखका दिन फिल्मको प्रिमियर गरिंदैछ भने मार्च २८ मा वासिङ्टनमा पनि बिशेष शो गरिनेछ ।

यस्तै अष्ट्रेलियामा रहेका निर्माता दिनेश पोखरेलले पनि अष्ट्रेलियामा चलचित्र रिलिजको माहोल बनाईरहेका छन् ।


त्रिकोणत्मक लभ स्टोरी चलचित्र ‘भूलभूलैया’लाई दिनेशकुमार पोखरेलको प्रस्तुतीमा शुशिल कार्की, सुरेश गौतम र मनिराज कार्कीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्