हाउ फन्नी : केकी र अनुपको ‘यो के हो मायाजस्तै’ (भिडियो)



रंग खबर, काठमाण्डौं । निलु डोमा शेर्पा निर्देशित गीत ‘हाउ फन्नी’ को प्रेम गीत ‘यो के हो माया जस्तै’ सार्वजनिक भएको छ । पहिलोपटक यो गीत मार्फत नायिका केकी अधिकारी र नायक अनुप बिक्रम जोडीका रुपमा देखिएका छन् ।
keki and anup bikram

सार्वजनिक गीतमा शब्द शान बस्न्यात , संगीत सुरेश अधिकारी तथा स्वर दीपक लिम्बु र मिलन अमात्यको रहेको छ । कालिन्चोक डाडामा हिउ परेको बेलामा खिचिएको यस गीतमा कोरियोग्राफी रेनाशा वान्तवा राईको रहेको छ । समस्या हुदा पनि हिउमा गएर निकै मेहेनत गरेर गीत खिचेको र फिल्मका कास्ट क्रु सबैले राम्रो काम गरेको निर्देशक शेर्पाले बताइन् ।

यो फिल्ममा केकी र अनुप संगै , दयाहांग राई , प्रियंका कार्की , निशा अधीकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । सामाजिक सन्देश बोकेको यो फिल्मलाई शान बस्न्यातले लेखेका हुन् भने छायांकन हरी हुमागाईको रहेको छ ।

keki and anup final

फिल्मलाई आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मात्रीको रुपमा पुर्व मिस नेपाल माल्भिका सुब्बा रहेकी छिन । प्रर्दशन मिति तय भइनसकेको यस फिल्मलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

Watch Song Here :-

[its_video]http://youtu.be/Pse5tVuJ6qk[/its_video]

 

प्रतिक्रिया दिनुहोस्