होस्टेल रिटर्न्स् पोष्टर : देखियो सुशिलको शरीर, शशीको ‘ब्युटिफुल लुक्स’



रंग खबर, काठमाण्डौं । सुपरहिट फिल्म ‘सायद’ र ‘होस्टेल’ का निर्माता सुनिल रावलको तेश्रो फिल्म ‘होस्टेल रिटर्न्स्’ को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा फिल्मका डेब्यु नायक सुशिल श्रेष्ठले भेष्ट फुकालेर शरीरको शो गरेका छन् । पोष्टरमा सुशिलसंगै अर्की डेब्यु नायिका शशी श्रेष्ठको ‘ब्युटिफुल लुक्स’ देख्न सकिन्छ ।
Hostel Returns

सुरज भुषालले निर्देशन गरेको यो फिल्ममा सुशिल र शशीका अलावा नाजिर हुसेन, अभय वराल, स्वस्तिमा खड्का र सुधाम सिकेको पनि मुख्य अभिनय छ । फिल्ममा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

आगामी वर्षको वैशाख २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्म इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको होस्टेल जीवन कथामा आधारित छ । फरक र आक्रमक प्रचारशैलीसहित सुपरहिट फिल्म ‘होस्टेल’ को सिक्वेल भएकाले यो फिल्म अहिले दर्शकमाझ प्रतिक्षित छ ।

प्रतिक्रिया दिनुहोस्