विश्वकै कान्छा निर्देशक सौगातले दिए सहयोगीहरुलाई सम्मान पत्र



रंग खबर, काठमाण्डौं । गिनिज बुक अफ बल्र्ड रेकड्समा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भएका निर्देशक हुन सौगात बिष्ट । उनले चलचित्र लभ यु बाबाको निर्देशन गरि संसारकै कान्छा निर्देशकको रुपमा आफुलाई विश्वमाझ चिनाएका छन् । यिनै ८ बर्षिया सौगात विष्टले आज राजधानीमा आयोजित एक कार्यक्रममा सबै सहयोगीहरुलाई सम्मान पत्र सहित विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
lov u baba
काठमाण्डौंको कुमारी हलमा एक कार्यक्रमको आयोजना गरि फिल्मका इन्टायर युनिट सहित गिनिज बुक अफ वल्र्ड रेकर्डस् सम्मको यात्रामा सहयोग गर्ने पत्रकार तथा सहयोगी हातहरुलाई सम्मान पत्र दिईएको हो । ब्यबसायिक रुपमा सफल हुन नसकेपनि चलचित्र लभ यू बाबो निर्देशन गरेर सौगातले भने विश्वको कान्छा निर्देशकको रुपमा आफ्नो नाम विश्वभरि चिनाउन सफल भएका छन् । चलचित्र लभ यू बाबा को निर्देशन गर्दा उनको उमेर ७ बर्ष ३ सय ४० दिन मात्र थियो ।
love u baba 2
कक्षा २ मा अध्ययनरत निर्देशक बिष्टले आफ्नी आमा सम्झना पोखरेल र बुवा गजित बिष्ट प्रति बिशेष आभार ब्यक्त गरे । सबै नेपालीले आफ्नो सिनेमा हेरिदिएमा आफुलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएको सम्मान मिल्ने पनि निर्देशक बिष्टले बताए ।

सम्मान पत्र वितरण कार्यक्रम पश्चात उपस्थित सबैलाई चलचित्र लभ यु बाबा देखाईएको थियो । उपस्थित सबैले चलचित्र राम्रो बनेको भएता पनि चलचित्र नचल्नु निकै दुखको कुरा रहेको प्रतिक्रिया दिए । अब चाडै चलचित्रको पुन प्रर्दशन गर्ने प्रबन्ध मिलाईरहेको पनि निर्माण युनिटले जानकारी गराएको छ ।
love u baba 3
चलचित्र लभ यु बाबामा बाबु र छोरीबीचको भावनात्मक सम्बन्धलाई देखाउन खोजिएको छ । चलचित्रमा गजित बिष्ट, संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी लगायतको अभिनय रहेको छ ।
love u baba 4

प्रतिक्रिया दिनुहोस्