कुमारको ‘सोए ढोले सोए’ मा विल्सन र गीता (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । अमेरिकामा रहेर पनि नेपाली गीत–संगीतमा लागिरहेका गायक कुमार राईको गीत ‘सोए ढोले सोए’ को म्युजिक भिडियो आउने भएको छ । भर्खरै छायांकन सकिएको यस गीतको म्युजिक भिडियो आउँदो वैशाख १ गते सार्वजनिक गरिने गायक राईले जानकारी दिए ।
Wison bikram and Gita Rai
राजधानीको फोर्पिङमा छायांकन गरिएको भिडियोमा चर्चित हास्य अभिनेता विल्सन विक्रम राई र गीता  राई फिचरिङ भएका छन् । गीतको शब्द र संगीत पनि गायक राईले स्वयम् दिएका छन् । गीतमा विल्सन र गीतलाई नेपाली पहिरनमा देख्न सकिन्छ । भिडियोलाई धेरै मिहनेत गरेर तयार पारेको र दर्शकको मन जित्ने विश्वास रहेको निर्देशक बरालले जनाए ।

छायांकनका केही एक्सक्लुजिब तस्विरहरु हेर्नुस् :-

wilson bikram rai 4
wison bikram rai
wilson bikram rai 5
wison bikram rai 3

प्रतिक्रिया दिनुहोस्