गीतकार परिवेशको ‘रोनाशा’ सार्वजनिक । राजेशपायलको पनि स्वर



रंग खबर, काठमाण्डौं । बेलायतमा बस्दै आएकी गीतकार निर्मला राई ‘परिवेश’ ले आफ्नो नयाँ एल्बम ‘रोनासा’ सार्वजनिक गरेकी छिन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका विच वरिष्ठ साहित्यकार गणेश रसीक, गीतकार कृष्णहरी बराल र संगीतकार बुलु मुकारुङको हातबाट सँयुक्त रुपमा एल्बमको विमोचन गरिएको हो ।
Album launch

एल्बममा सातवटा गीत समावेश रहेका छन् जसमध्ये तीनवटा गीतको म्युजिक भिडियो समेत बनाइएको छ । तीनवटै भिडियो कार्यक्रममा देखाइएको थियो । एल्बममा ‘मैले आफैलाई विश्वास’ बोलको शिर्ष गीतमा चर्चित गायक राजेश पायल राइले स्वर दिएका छन् ।
saroj kc

ताराप्रकाश लिम्बु, आनी छोइगं डोल्मा, रजिना रिमाल लगायतले समेत स्वर दिएको एल्बममा हरी लम्साल, न्यू बज्राचार्य, महेश खड्का लगायतले संगीत भरेका छन् ।

nirmala rai

एल्बमको म्युजिक भिडियोमा नन्दिता केसी, आयुषा राई, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । एल्बमका सबै भिडियो मिलन चाम्सले निर्देशन गरेका हुन् । चाम्स चलचित्र हँसियाका निर्देशक पनि हुन् । उनले चलचित्र हँसियाबाट राम्रै सफलता र चर्चा बटुलेका थिए ।

album launch 2

गीतकार परिवेशले यस अघि ‘रोशनी’ अडियो संग्रह सार्वजनिक गरीसकेकी छिन् । साहित्यमा औधी रुचि राख्ने परिवेशका दर्जनौँ गीत , कविता र गजलहरु प्रकाशित छन् । उनी विभिन्न पुरस्कारबाट पनि परस्कृत भएकी छिन् । विभिन्न संगीतकर्मी र कलाकर्मीको सहभागीत रहेको सो विमोचन कार्यक्रमलाई चर्चित भिजे सरोज केसीले संचालन गरेका थिए ।

aayusha rai
Watch Song Here :-

[its_video]http://youtu.be/IhB80z15yCU[/its_video]

 

 

 

प्रतिक्रिया दिनुहोस्