संचारमन्त्री रिजालले गरे साबुरवीको ‘हे आमा’ सार्वजनिक



रंग खबर, काठमाण्डौं । अमेरिकामा बस्दै आइरहेकी गीतकार साबुरवीको नयाँ म्युजिक भिडियो ‘हे आमा’ सार्वजनिक गरिएको छ । एल्बमको राजधानीमा हालै आयोजित एक कार्यक्रमका बिच सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालको हातबाट गीतको अडियो सार्वजनिक गरिएको हो ।
album launchपुराना फिल्म निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियो पनि कार्यक्रममा देखाइएको थियो । आमाको सम्झनामा लेखिएको उक्त गीतमा आमा र देशप्रतिको माया ओतप्रोत छ । अमेरिका र नेपालमा छायांकन गरिएको सो गीतमा साबुरवी  (साबु गदाल कार्की) कै अभिनय रहेको छ ।

गीत हेरेपछि संचारमन्त्री रिजालले समेत प्रशंसा गरे । कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी निर शाह, राजनितिज्ञ रामकुमारी झाक्री, साहित्यकार कपिल ढकाल लगायतले समेत गीतको शब्द र भिडियो दुबैको प्रशंसा गरे ।

यता निर्देशक घिमिरले पछिल्लो समय गीतहरुबाट भावना खोज्ने गरिएको बताए । ‘त्यसैले म फिल्मबाट नसकेपनि गीतमार्फत सकरात्मक सोच ल्याउने प्रयास गर्नेछु’ , उनले भने ।

प्रतिक्रिया दिनुहोस्