होस्टेल रिटर्न्स् : शशी र स्वस्तिमाले मुसुक्क हास्दा क–कसको ज्यान लियो ? (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी वैशाख २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘होस्टेल रिटर्न्स्’  को ‘मुसुक्क हास्ने तिम्रो बानीले’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघिमात्र यो फिल्मको अडियो ज्यूकबक्स बाहिरिएको थियो ।
hostel returns pic

स्याडोज ब्याण्डका स्वपनील शर्माको लेखन र संगीत रहेको यो गीतमा स्वर पनि स्वपनील र श्रेया सोताङको छ । गीतमा फिल्मका मुख्य कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, स्वस्तिमा खड्का, सुनिल रावल र दिया मास्के फिचरिङ भएका छन् । गीतमा कलाकारहरु विचको रमाईलो र गजबको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । कर्णप्रिय लाग्ने यो गीतलाई दर्शकले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ ।

इन्जिनियरिङका विद्यार्थीहरुको होस्टेल जीवन प्रस्तुत गरिएको यो फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन् । दुर्गिश फिल्मको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुपरहिट फिल्म ‘सायद’ र ‘होस्टेल’ का निर्माता सुनिल रावलले निर्माण गरेका हुन् । युवापुस्तालाई लक्षित गरि बनाइएको यो फिल्मबाट निर्माता रावल ‘ह्याट्रिक’ हान्ने दाउँमा छन् । कत्तिको सफल हुने हुन् त्यो हेर्न बाँकी छ ।

अहिलेलाई हेर्नुस् ‘मुसुक्कै हास्ने’ गीत :-

प्रतिक्रिया दिनुहोस्