तारा थापा र सुक गुरुङको उपचारका लागि नेपाल अमेरिकन कलाकार संघको सहयोग



रंग खबर, काठमाण्डौं । विदेशमा रहेर पनि नेपाली कला संस्कृतिको संरक्षणका लागि स्थापित नेपाल अमेरिकन कलाकार संघले नेपालमा रहेका दुई बिरामी श्रष्टालाई सहयोग गरेको छ । हालै राजधानीमा एक कार्यक्रमको आयोजना गरी संघले क्यान्सर रोगबाट पिडित वरिष्ठ गायिका तारा थापा र मृगौला रोगबाट पिडित गीतकार तथा संगीतकार सुक गुरुङको सहयोगार्थ संकलित रकम हस्तान्तरण गरेको हो ।
samaan

केही समयअघि अमेरिकाको न्यूयोर्कमा थापा र गुरुङको सहयोगार्थ आयोजना गरिएको सांस्कृतिक कार्यक्रमबाट उठेको रकमबाट खर्च कटौती गरी पठाइएको रकममध्ये ४० प्रतिशत रकम २ लाख ३८ हजार रुपैयाँ गायिका थापालाई र ६० प्रतिशत रकम ३ लाख ५७ हजार रुपैयाँ संगीतकार गुरुङलाई प्रदान गरिएको थियो । सहयोगसंगै उनीहरुलाई नेपाली सांगितिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विशिष्ट अतिथिद्धय महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको हातबाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा अमेरिकन कलाकार संघकी संस्थापक अध्यक्ष गौरी मल्ल सभापती रहेकी थिइन् ।

कार्यक्रममा गायिका थापाले राज्यले आफुहरुलाई नहेरेपनि विदेशमा रहेका नेपालीहरुको माया पाउँदा निकै खुशी लाग्ने बताइन् । उनले स्वास्थ्यले साथ दिए अब ६ महिनाभित्र नयाँ गीत रेकर्ड गराउने समते बताइन् । गायिका थापाले फुल झरेपनि काडा झदैन, म मरेपनि मेरो माया मदैन, कटर कटरमा, सयौ थरी बाजा एउटै चाल जस्ता मर्मस्पर्शी एवं सदाबहार गीतहरु गाएकी छिन् ।

यता मधुमेह र सुगरका कारण दुवै आँखा समेत देख्न छाडेका मृगौला पिडित संगीतकार  सुक गुरुङले समेत विश्वभरी छरिएका नेपालीहरुले देखाएको सद्भाव र मायाले बाच्ने आशा जगाएको बताए । उनले उपचारका लागि सहयोग पु¥याउने सबै नेपालीहरुलाई धन्यवाद दिए ।
samaan 2कार्यक्रमको सुरुवातमा नेपाल अमेरिकन कलाकार संघका वर्तमान अध्यक्ष तथा गायक गम्बु शेर्पाले सहयोगको विषयमा अमेरिकाबाटै सम्बोधन गरेको रेकडेर्ड अडियो प्रसारण गरिएको थियो । कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणि दाहाल, सांगीतिक संघकी संस्थापक अध्यक्ष मिरा राणा, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मा लगायतको समेत सहभागिता थियो । कलाकार समेत रहेका चर्चित भिजे सरोज केसीले कार्यक्रमलाई  चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्