प्रमोदको गीतबाट पत्रकार खड्काको निर्देशनमा डेब्यू (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । पत्रकार डिबी खड्का अब म्युजिक भिडियो निर्देशक बनेका छन् । शुक्रवार साप्ताहिकमा कार्यरत खड्काले गायक प्रमोद खरेलद्वारा स्वरबद्ध गीत ‘मुटु जलाई’ बाट भिडियो निर्देशनमा डेब्यू गरेका हुन् ।
P1080982भावना कोइरालाको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा संगीतकार सन्तोष नेपाली, व्यस्त म्यूजिक भिडियो मोडल सनम कठायत, ममता धामी र पदमराज शर्माको अभिनय रहेको छ । संघर्षरत गायकको कथालाई लिएर बनाइएको भिडियोमा सन्तोषले संगीतकारकै रुपमा अभिनय गरेका छन् भने मोडल सनमले गायकको भूमिकामा ।
P1080944भिडियोलाई अहिलेका चल्तिका छायांकार ज्ञानेन्द्र शर्माले खिचेका हुन् । भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरिरहेका छन् । डा.अजित शाहले प्रस्तुत गरेको उक्त भिडियो नयाँ वर्षको अवसर पारेर यही वैशाख १ गते सार्वजनिक हुने बताइएको छ ।
P1080972
P1090098

प्रतिक्रिया दिनुहोस्