रेवतको ‘चार धाम घुमी आए भन्छौ’ मा निताको अभिनय (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । गायक रेवत राईले नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ गीतको भिडियो छायाँकन गराएका छन् । आफ्नो पहिलो एल्बम ‘इमर्ज’ मा समावेश ‘चार धाम घुमी आए भन्छौ’ बोलको गीतको भिडियो छायांकन गराएका हुन् ।
rewat rai 2राजधानीस्थित गोठाटारको कृष्णमन्दिर, जोरपाटीको शिवमन्दिर र पशुपतिनाथस्थित गुहेश्वरी आसपास भिडियोको छायांकन भएको हो । भिडियोलाई निर्देशक तथा भिजे दिनेश डि.सीले निर्देशन गरेका हुन् । गीतमा नायिका निता ढुंगाना र अनुप योङचारको अभिनय गरेका छन् ।

विरेन्द्र राईको शब्द रहेको यो गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । गीतबाट राम्रो प्रतिक्रिया मिलेपछि भिडियो बनाएको गायक राईले बताए । उनले आउने जेठसम्ममा भिडियो रिलिज गरिसक्ने बताए ।

गायक राईले यसअघि ‘इमर्ज’ एल्बममै समावेश ‘लाहुेर दाई’ बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन् । साउथ कोरिया र हङकङको कार्यक्रममा समेत सहभागिता जनाइसकेका उनी दोश्रो एल्बम ल्याउने तयारीमा समेत जुटेका छन् ।
हेर्नुस् छायांकनका केही तस्विरहरु :-
rewat 5
rewat 4

rewat

rewat rai 3

प्रतिक्रिया दिनुहोस्