‘चंखे शंखे पंखे’ ले तीनजना देश बनाउन सक्षम युवा छान्ने | वैशाख ११ बाट अभियान शुरु हुने



रंग खबर, काठमाण्डौं । आउँदो जेठ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चंखे शंखे पंखे’ ले देश बनाउने युवा छान्ने भएको छ । फिल्मले हालै एक कार्यक्रमको आयोजना गर्दै देशका आठ सहरबाट तीन उत्कृष्ट युवा वक्ता छान्ने घोषणा गरेको हो।
chankhey sankhey pankhey‘पब्लिक स्पिकर नेपाल’ शिर्षक राखिएको यस प्रतियोगिताको नारा ‘आजको वत्तृत्व, भोलिको नेतृत्व’ राखिएको छ । धनगढी, नेपालगञ्ज,बुटवल, चितवन, पोखरा, दमक, धरान, बिराटनगर र काठमाडौंमा हुने अडिसनबाट १० जना युवा छान्ने र तीमध्ये उत्कृष्ट तीन युवा छनोट गर्ने कार्यक्रममा जानकारी गराइयो। तीनजना मध्येबाट पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

सन्तोष सेनले निर्माण गरेको यो फिल्ममा ‘चंखे शंखे पंखे’ मा पनि देशका बारेमा वकालत गर्ने तीन युवाको कथा छ । त्यहीभएर यस्तो अभियानको संयोजन गरेको बताउँदै निर्देशक थापाले भने– ‘देशको चिन्ता गर्ने हरेक युवाले यो अभियानमा सहभागीता जनाउनुपर्छ ।’
chanke press meet 2यस्तै आयोजक एक्रेटिभ मिडियाका तर्फबाट सपना ढकालले यस अभियानले युवाहरुमा परिवर्तन ल्याउन ठूलो सहयोग हुने बताइन्े । यो अभियानमा देशभरिबाट ५ हजार विद्यार्थीको सहभागि गराउने लक्ष्य राखिएको कार्यक्रममा जनाइयो ।प्रतियोगिता वैशाख ११ देखि धनगढीबाट सुरु हुनेछ र वैशाख २९ मा समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्