रि–रिलिजको एकदिन अघि ‘झोला’ को विशेष शो | धेरैले दोहोर्याएर हेरे (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । बर्ष २०७० को हिट फिल्म ‘झोला’ यो शुक्रबारबाट पुनः प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्व–सन्ध्यामा विहिवार राजधानीस्थित कुमारी हलमा फिल्मको विशेष शो सम्पन्न भएको छ ।
jhola teamविशेष शोमा फिल्मकर्मीसँगै साहित्य, संगीत, राजनीति तथा न्यायालय लगायतका विभिन्न विधाका व्याक्तित्वहरु सहभागी थिए । धेरैले फिल्मलाई दो¥याएर हेरेको प्रतिक्रिया दिए । ‘यो फिल्म जति हेरेपनि धित् मर्दैन्’, रंग पत्रकार उत्सव रसाईलीले भने ।

सार्वजनिक प्रदर्शन तथा विभिन्न प्रिमियर र च्यारिटीमा दर्शकको मन जितेको यो फिल्म हेरेर फर्किएका धेरैको आँखामा आँशु देखियो । फिल्म हेर्न सभासदद्वय बालकृष्ण खाँड र दिपक गिरी, कान्तिपुर दैनिकका सम्पादक शुधिर शर्माका साथमा विभिन्न साहित्यकार सञ्चारकर्मी तथा बौद्ध भिक्षुहरुको पनि उपस्थिती थियो । फिल्मले सय वर्षअघिको सत्ति प्रथा र महिला हिंसा विरुद्धको आवाज बोकेको भन्दै सभासद खाँडले फिल्म मनपरेको बताए । गहभरी आँशु बोकेर हलबाट निस्केका बरिष्ठ संगीतकार बुलु मुकारुङले सञ्चारकर्मीलाई प्रतिक्रिया समेत दिन सकेनन् ।
jhola sujalत्यस्तै कलाकार रबी अधिकारीले नेपालीपन बोकेको ‘झोला’ले आफ्नो संस्कृती तथा रिती–रिवाज जिवितै राख्न सघाएको भन्दै नहेरेका दर्शकहरुलाई एक पटक हलसम्म आएर तृप्ती लिईदिन आग्रह गरे । दोश्रो पटक ‘झोला’ हेरेका निर्माता तथा वितरक गोपाल कायस्थले १०० बर्ष पहिलेको नेपाली समाजको यथार्थ कथा बोकेको यो फिल्म प्राविधिक रुपमा पनि निकै उत्कृष्ट रहेको बताए । ‘नेपाली फिल्म क्षेत्रकै लागि यो एक ऐतिहासिक फिल्म हो’, उनले भने ।

‘झोला’ निर्देशक यादवकुमार भट्टराईको यो पहिलो निर्देशकिय फिल्म हो । पहिलो फिल्ममै सफल निर्देशकको परिचय बनाएका उनले धेरै दर्शकको माग अनुसार नै फिल्म पुनः प्रदर्शन गर्न लागिएको जनाए ।
jhola still5साहित्यकार कृष्ण धराबासीको कथाका आधारित फिल्म ‘झोला’मा गरिमा पन्त, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनाल लगायतको अभिनय छ । उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशिल शाहको लगानी छ ।
jhola kumari1देश विदेशमा सम्पन्न विभिन्न अवार्ड तथा चलचित्र महोत्सवमा सहभागी तथा पुरस्कृत यो फिल्मबाट नायिका गरिमा पन्तले बर्ष २०१४ को सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिईन् ।
jhola team at..  kumari..

प्रतिक्रिया दिनुहोस्